अस्वस्थ जिबनचर्यासंगै दुषित खानपान, विविध स्वस्थ्य बिकृतीका कारण आजभोली मानव स्वस्थ्यमा रोगप्रतिरोधी क्षमता अत्यन्तै जिर्ण हुंदै गईरहेको छ । जसको उपहारस्वरूप सानाभन्दा साना स्वस्थ्य समस्याले पनि सजिलै आक्रमण गरी तन्तुरुस्त ब्यक्तिहरू केही दिनमा नै धाराशायी अवस्थामा पुगेको ताजा घटनाहरू नौलो छैन । कमजोर रोगप्रतिरोधक प्रणालीको कारण मानव स्वस्थ्यमा प्रभाव पार्ने कयौं सस्याहरूमध्ये सबै उमेर समुहकालाई छोटो समयमा प्रभाव पार्ने समस्यामध्ये एक हो रूघा र भाइल ज्वरो, जस्ले जाडोमा झनै तिब्र रूपमा आक्रमण गर्दछ । रूघा–रूघा भनेर मात्र हुँदैन, कुन र कस्तो रूघा भन्नेबारे बुझन् अत्यन्त महत्वपुर्ण हुन्छ ।
रुघा खोकी भनेको के हो ?
‘रुघा -Allergy_ -Allergic Rhinitis : हाँच्छ्यु (एकचोटीमा लगातार ३ देखि ७ पटकसम्म आउने), सिगान (पानीजस्तै पातलो बगीरहने निरन्तर, जत्तिखेर पनि), नाक बन्द (प्रायः हुन्छ), ज्वरो (आउंदैन, आयोभने १००.४ कट्दैन), खोकी (प्रायः लाग्दैन, लाग्योभने त्यति समस्याको रुप लिदैन), घांटी दुख्ने र निल्न गाह्रो (प्रायः हुँदैन), नाक–आँखा चिलाउने (प्रायः हुने गर्छ, बिशेषगरी नाक वरिपरी र भित्रीभाग औधि चिलाउँछ), अबधि (२ हप्ताभन्दा लामो समय, फेरी बारम्बार भैरहने वा प्रत्येक साल एकै खाले मौसममा भै छाड्ने) ।
‘रुघा’ -Common cold virus : हाँच्छ्यु (एक चोटीमा १–२ पटक), सिगान (हल्का बाक्लो, सामान्य दिनमा भन्दा अलि धेरै बग्ने), नाक बन्द (प्रायः हुन्छ), ज्वरो (१००.४ कट्दैन), खोकी (प्रायः लाग्छ), घांटी दुख्ने र निल्न गाह्रो भएको जस्तो हुने (सम्भावना धेरै हुन्छ), नाक–आँखा चिलाउने (प्रायः हुँदैन, भयोभने निरन्तर चिलाउने हुँदैन), अबधि (२ हप्ताभन्दा कम समय, अर्को ५–६ महिना वा एक सालसम्म कुनै रुघा लाग्दैन)
‘रुघा’ (Flu virus) ‘रुघा’ (Common cold virus) मा हुने सबै लक्षणहरुका साथै ज्वरो (१००.४ कटेर १०४ सम्म सजिलै पुग्ने), थकान (उठ्नै नसक्ने, पहिले सजिलै उचाल्न सक्ने ७ केजी जत्तिको सामान अब उचाल्न नसक्ने अवस्था हुने, थला परेर बस्ने, यसबाट बालबच्चा, बुढाबुढी र दिर्घरोगीहरुको ज्यानै पनि जान सक्छ ।
‘रुघा’ (Common cold) ‘रुघा’ (Flu) र ‘रुघा’ (Allergy) कसरी लाग्छ ?
Allergy चाहिँ बोट–बिरुवामा फूल फुल्ने बेलामा निस्कने pollen,, कुनै बिरुवा वा झारबाट निस्कने भुँवा, जीव जनवारका (कुकुर, बिरालो, गाई, भैंसी आदिका) रौँ वा चायाँ वा मलमुत्र, घरमा हुने साङ्गला, मुसा लगाएत अन्य स–साना जीवका मलमुत्र, दुवा–धूलाका मसिना कण, सिरक–डसनामा वा पुराना किताबमा आँखाले देख्न गाह्रो हुने मसिना जीवहरु, घरभित्र वा बाहिरका ढुसी, ज्याम्स आदिबाट हुने गर्छ । यी चिजहरुले सबैलाई असर गर्दैन तर कसै–कसैको रोग प्रतिरक्षा प्रणालीले यी चिजलाई निकै खतरनाक ठान्दिन्छन् । जब यी (Allergen -Allergy) बनाउने तत्व) शरीरमा पस्छ तब रोग प्रतिरक्षा प्रणाली (immune system) सक्रिय हुन थाल्छ । ति Allergen लाई सिध्याउन भनेर शरीरले (Immune cells) बाट बिभिन्न (Chemical) ओकलिदिन्छ । त्यसपछि नाक र स्वास प्रस्वासको माथिल्लो क्षेत्र चिलाउने, मसिना रक्तनलीहरु (Leak) हुने अनि सुन्निने गर्छ । जबसम्म हामी (Allergen) को नजिक हुन्छौं तबसम्म यो समस्या निरन्तर हुन्छ । त्यसैले पनि मसिना झार र रुख बिरुवाका पालुवा पलाउने बेलामा वा फूल फुल्ने बेलामा निस्कने (Pollen) को कारणले Allergy हुनेलाई महिना दिनसम्म समस्या निरन्तर भैराक्छ । जसलाई क्भSeasonal allergy भनिन्छ ।
Common cold बिभिन्न किसिमको virus जस्तै Rhino virus, corona virus आदिले गर्दा लाग्छ । जब यी virus हरुले ग्रस्त भएकाहरु हामी नजिक हाँच्छ्यु गर्छन वा ढोकाको handle वा बेन्चटेबल वा अन्य सामान छुन्छन् अनि हामी ति मानिसका नजिक हुन्छौं वा तिनले छोएका समानहरु छुन्छौं तब हामीलाई पनि ति virus सर्छ । ति खष्चगक हाम्रो शरीरमा पुगेपछि हाम्रो रोग प्रतिरक्षा प्रणाली सक्रिय हुन थाल्छ र ति virus लाई मार्ने वा बाहिर धकेल्ने वा लखेट्ने प्रक्रिया सुरु हुन्छ । त्यसैले नाक बन्द हुने, हाँच्छ्यु आउने, खोकी लाग्ने, तापक्रम बढ्ने आदि लक्षण देखा पर्छन । यदि हाम्रो शरीर स्वस्थ छ, सबै अंगहरुले राम्रोसंग काम गर्छन, चुरोट–रक्सि धेरै पिउने जस्ता बानी छैन र रोग प्रतिरक्षा प्रणाली राम्रो छ भने common cold virus ले खासै दुःख दिदैन । Flu चाहिँ Influenza virus को कारणले लाग्छ । यो virus को प्रकारलाई H र N नम्बर दिएर छुट्याइन्छ । जस्तैः (Swine Flu -H1N1_, Bird Flu -H5N1) आदि । रोग प्रतिरक्षा प्रणाली कम हुनेहरु जस्तैः बालबच्चा, बुढाबुढी र दिर्घ रोघीहरुको Flu ले ज्यानै पनि लिन सक्छ ।
उपचार कसरी गर्ने ?
Common cold र Flu: यो virus लाई हाम्रो शरीरको रोग प्रतिरक्षा प्रणालीले सजिलै तह लगाउन सक्ने हुनाले उक्त (रोग प्रतिरक्षा) प्रक्रियालाई सजिलो हुने ब्यबहार गर्नु जरुरी हुन्छ । करिब ५ दिन आराम गर्ने, तातो पानी, कयगउ, तरकारीको रस आदि प्रसस्त पिउने, तातो बाफ लिने, सिगान पुच्छ्दा कपडाको रुमाल प्रयोग नगर्ने, नाक पुच्छ्ने paper को प्रयोग गर्ने रtrash can मा फाल्ने (रुमालमा ति virus हरु २४–४८ घण्टा वा बढी समय बस्न सक्छन् भने नाक पुछ्ने paper मा १५–३० मिनट मात्रै), प्रत्येक पटक साबुन पानीले धुने, towel तातो पानीमा भिजाएर–निचोरेर गालामा र निधारमा सेक्ने, टाउको दुखे paracetamol -acetaminophenवा ibuprofen दिनको ३–४ पटकसम्म खाने (१० बर्ष मुनिकाले यस्तो बेलामा ibuprofen खानु हुँदैन) । नाक बन्द भएको छभने नुन–पानी नाकको एक प्वालमा छिराएर अर्को प्वालबाट निकाल्ने (जलनेती) गर्ने, नसके नुन–पानीको spray गर्ने, यसो गर्दा पनि भएन भने फार्मेसीमा सजिलै पाइने Phenylephrine, Chlorpheniramine, Phenylpropanolamine प्रयोग गर्दा पनि हुन्छ जुन प्राय paracetamol अन्य औषधिमा मिसाएर बेचिएको हुन्छ ( यो १२ बर्षभन्दा माथि उमेरकोले प्रयोग गर्नु पर्छ), त्यसले पनि नभए (decongestant spray -fluticasone, triamcinolone, mometasoneआदि ) को दिनको २ पटकसम्म प्रयोग गर्ने, घांटीमा खकार जमेको जस्तो भए guaifenesin को प्रयोग गरेर खकारलाई पातलो बनाउने, खोकीले पनि सताउने गरेको छ भने dextromethorphan लिने वा guaifenesin / dextromethorphan दुवै भएको औसधि लिने, खोकीको लागि benzonate पनि पाइन्छ तर १० बर्ष माथिको उमेरले मात्र प्रयोग गर्न मिल्छ । यी औषधिहरुले कुनै पनि हालतमा खोकी बन्द नभएको खण्डमा डाक्टरकोprescription चाहिने खालको औषधि प्रयोग गर्नुपर्ने पनि हुन सक्छ । ५ दिन कट्दा लक्षणहरु कम भएनन् र झन् शरीरमा रोगल् च्याप्न थाल्यो भने डाक्टरकोमा जानु पर्छ ।
Allergy -Allergic Rhinitis : यसको लागि पहिला के को allergy हो भनेर पत्ता लगाउने, TB को test जस्तै allergy को skin test गर्न मिल्छ तर नेपालमा सबैतिर सजिलै उपलब्ध त छैन होला । कुन कुराको allergy हो भनेर पत्ता लगाएपछि सो allergy दिने कुरा allergen बाट मुक्त हुन सक्यो भने कहिल्यै दुख पाइदैन र कुनै औषधिको पनि प्रयोग गर्नु पर्दैन । सकिएन भने allergy को लक्षण हुने बित्तिकै औषधिहरु प्रयोग गर्ने िचिलाउन कम गर्न र हाँच्छ्यु कम गर्न फार्मेसीमा पाउने औषधिहरु यस प्रकार हुन्छन्ः diphenhydramine (यसले अलि ज्यादा निन्द्रा जगाउन सक्छ त्यसैले राती सुत्ने बेलामा खाँदा राम्रो), cetrizine, levocetrizine, fexofenadine, loratidine, desloratadine आदि । यी बाहेक अन्य पनि हुन्छन जुन डाक्टरको prescription चाहिन सक्छ । नाक बन्द भए, खोकी लागे वा टाउको दुखे माथि common cold र flu मा लेखिएको औषधि प्रयोग गर्दा हुन्छ । नाकबाट सिगान बगेको बग्यै गरेर हैरान गरेको छभने ipratropium inhaler को स्प्रे दिनको ३–४ पटकसम्म लिने र सोहि बखत घाँटी खस खस गर्ने र खोकी पनि लाग्ने गरेको छ भने azelastine स्प्रे दिनको दुई पटक लिने । कसै–कसैलाई Allergic Rhinitis बनाउनेallergen ले Asthma पनि ब्युझाइदिने हुन्छ । यस्ता व्यक्तिले श्वासनली खोल्ने inhaler (जस्तैः albuterol) साथमा राख्नुपर्छ र दिनको ५–६ पटकसम्म प्रयोग गर्नु पर्ने हुन सक्छ ।
चिसोको एलर्जी
चिसोको एलर्जी निकैभन्दा पनि निकै कमलाई मात्र हुने गर्छ । चिसोको एलर्जी छ छैन भनेर पत्ता लगाउन एउटा सजिलो उपाय छ । सानो आइसको टुक्रा लिनुस् र शरीरको कुनै भागमा २ मिनेट राख्नुस् । यदि आइस राखेको भाग सुन्निएर रातो भएर फुलेर आयोभने तपाईलाई चिसोको एलर्जी छ नत्र छैन । बरु तपाईंलाई चिसो मौसममा मात्र अलि बढी सक्रिय हुने अन्य कुराले दुःख दिएको हुनसक्छ वा कुनै खाने कुरा वा चिसो तापक्रम हुने कुरा जस्तैः आइसक्रिम आदिको sensitivity मात्र भएको हुनसक्छ जसलाई vasomotor rhinitis भनिन्छ वा ति खानाहरुले नभई ति खाना राम्रोसंग संचित गरेर नराख्नाले त्यसमा भएको जिबाणुहरुको आक्रमण भै रोग प्रतिरक्षा प्रणाली अलि सक्रिय हुँदा भएको असर मात्र हुनसक्छ र कारण अन्य पनि हुन सक्छन् । यदि चिसोको एलर्जी नै हो भने न्यानो कपडा लगाउने, तातोपानीले मात्र हातमुख धुने नुहाउने । यो समस्या धेरैको केहि सालमा आँफै कम हुदै जान्छ । कारण जे भएपनि यदि निकै समस्यामा पारेको छभने लक्षण अनुसारको एलर्जीको लागि माथि भनिएको जुनसुकै औषधि प्रयोग गर्दा हुन्छ ।
रुघा लाग्नै नदिन के गर्ने ?
हातका औंलाले नाक मुखमा वा अनुहारमा नछुने, बरु मुख पुछ्ने कागजको प्रयोग गर्ने, बाहिर निस्कदा (खासगरी रुघाखोकी लाग्ने मौसममा) माक्स लगाएर निस्कने, सार्बजनिक स्थलका सामानहरु जस्तैः ढोका, बेन्च आदि छोएपछि साबुन पानीले हात धुने, फोहोरो र धुँवा धुलो ठाउँबाट पर बस्ने, चुरोट पिउने बानी हटाउने, दैनिक शारीरिक ब्यायाम गर्ने, दिनहुँ प्रसस्त फलफुल र हरियो तरकारी खाने ।
भाइरल ज्वरो ? के गर्ने र के नगर्ने ?
समान्यत रूघाखोकीको ज्वरोभन्दा भाइरल ज्वरो फरक हुन्छ । यसको प्रबृत्ति खरो हुन्छ ।
लक्षणहरु
ज्वरो, शरीर जिरिङ्ग (जाडो हुने), टाउको, जिउ र जोर्नी दुख्ने, घाँटी दुख्ने, खोकी लाग्ने, नाकबाट पानी बग्ने वा बन्द हुने, बालबालिकालाई बान्ता र पखाला लाग्ने, अनुहार सुन्निने र शरीर आलश्य हुने । आँखा राताराता हुनुको साथै आँखा रसिला देखिने हुन्छ ।
के गर्ने ?
घरमै आराम गर्नेस्ः यसले शरीरमा ऊर्जा थपिदिने र रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्नेछ भने संक्रमितबाट अरुलाई सार्ने वा प्रकोप हुने सम्भावना कम हुनेछ । –झोलिलो खानेकुरा खानेस्ः यसले शरीरलाई डिहाइड्रेसन हुनबाट जोगाउँछ । रोग प्रतिरोधी क्षमता पनि वृद्धि गराउँछ । पानी आवश्यकताअनुसार पिए पनि झोलिलो सुप लिँदा शरीरमा अझ स्फुर्ती बढ्ने र छिटो स्वास्थ्यमा सुधार आउने छ । –भाइरल ज्वरोको सिजनमा चाहिने अति आवश्यक सामान्य औषधीहरु आफूसँग राख्ने । खासगरी भौगोलिक विकट स्थानमा स्वस्थ्यचौकी टाढा हुने र स्वास्थ्यकर्मी पनि चाहेको समयमा पुग्न गाह्रो हुने भएकाले सामान्य औषधि आफूसँगै राख्नु आवश्यक छ । –घरमै उपलब्ध खानेकुरा (लसुन, सुन्तला, मह, अदुवा आदि) मा भाइरस विरुद्धको गुण हुने भएको र यी खानेकुरा गाउँघरतिर पनि सहजै उपलब्ध हुने भएकाले यसको प्रयोग गर्दा छिटो स्वास्थ्यलाभ गर्न सकिने छ । –खासगरी ६५ वर्षमाथिका जेष्ठ नागरिक, ५ वर्ष मुनिका बालबालिका, दीर्घरोगी (दम, सिओपिडी, अंग प्रत्यारोपण, मिर्गौलाको डायलाइसिस गरिरहेका)हरुको भाइरल ज्वरोअन्तर्गत पर्ने फ्लुका कारण मृत्यु हुने गरेकाले यस्ता वर्गका मानिसले फ्लु विरुद्धको खोप अनिवार्य लिनुपर्छ । विशेषगरी विकट स्थानहरु जहाँ समयमा औषधि र चिकित्सकको अभाव हुन्छ, त्यहाँ नियमित रुपमा खोप दिँदा बर्षेनि हुने मानवीय क्षतिलाई कम गर्न सकिने छ ।
के नगर्ने ?
–एन्टिबायोटिकको प्रयोग आफूखुसी नगरौं । संक्रमण भएको अवस्थामा सार्वजनिक स्थलहरुमा अति आवश्यक नभई नजाऊ । आफूले प्रयोग गर्ने समानहरु अरुलाई प्रयोग गर्न नदिऊँ, हात नामिलाऊँ र आफू संक्रमित भएको भए अरुसँग एक मिटर दुरी कायम गरेर मात्र कुराकानी गरौं । शरीर कसिने गरी गह्रुंगा लुगा नलगाउने र कोठाका झ्यालढोका पूर्ण रुपमा बन्द नगर्ने । भाइरल ज्वरो संक्रमणका करणले हुने भएकाले धामी, झाँक्री वा झारफुक तिर नलागी सकेसम्म स्वास्थ्य संस्थामा पुग्ने कोसिस गर्ने ।





