पोखरा, २७ चैत – कोरोनाले जति अन्य क्षेत्रमा असर गरेको छ, त्यति नै खेल र खेलाडीमा पनि असर गरेको छ । अहिले खेलाडीहरुले खुल्ला रुपमा प्रशिक्षण गर्न पाएका छैनन् । उनीहरु लकडाउनमा आफ्नो परिवारसँग घरमै छन् । यसले गर्दा उनीहरुको खेलस्तरमा कमी ल्याएको छ । खेलाडीहरुले घरमै फिजिकल फिटनेस कायम गराए पनि उचित प्रशिक्षण भने गर्ने अवस्था छैन । राष्ट्रिय टिममा आवद्ध पोखराका खेलाडीहरुले लक डाउनको कारण फिजिकल फिट्नेसमा ध्यान दिएपनि प्रशिक्षण भने गर्न नपाएको गुनासो गर्छन् । घरभित्रको प्रशिक्षण पूर्ण नभए पनि उनीहरु कोरोनाबाट जोगिन सबैलाई आग्रह गर्छन् ।
मानसिक रुपमा बलियो हुन जरुरी छ : विमला नेपाली ( खेलाडी कराँते)
कोरोनाको प्रभावले यतिबेला खेलाडीहरु परिवारसँगै बसेका छन् । खेलाडीहरुले आफ्नो दैनिक प्रशिक्षण पनि घरमै गर्ने गरेका छन् । अहिले सबैलाई कोरानाले प्रभाव पारेको छ एक दिन टेनिङ नगर्दा त निकै प्रभाव पर्छ भने धेरै दिनभयो निकै असर गरेको छ ।
‘हाम्रो राष्ट्रमा कोराना प्रभावसंगै भोकमरीको पनि त्यतिकै डर छ भने झन कोरोना संक्रमित बढ्ने क्रम तीव्र छ । यस्तो बेलामा हामि स्वयम् निश्चिन्त भएर मनोबल उच्च बनाइ परिवारलाई समेत त्रास बाट मुक्त गराउन आवश्यक छ । विश्वकै खेल जगत पनि अहिले शुन्यको स्थितिमा पुगेको छ । हामीले प पनि आफ्नो प्रशिक्षण गर्न पाएका छैनौँ । तर। घरमै बसेर टेनिङलाई निरन्तरता दिन सकिन्छ । ऐना हेरेर पनि आफ्नो गल्तिमा सुधार गर्न सक्छौँ । यो बेला घरमै बसेर इन्डोर खेलहरु खेल्न विहान बेलुका व्यायमहरु गरेर आफुलाई स्वस्थ राख्न जरुरी छ । कोरोनासँग लड्न हामि मानसिक र शारीरिक रुपमा बलियो हुनुपर्छ । यस्को मुख्य उपाय भनेकै खेल हो । घरमा बुद्धिचाल, घरेलु रुपमा खेलिने बाघचाल, लुँडो क्यारेमबोर्डहरु खेल्न सक्छौँ । नियमित रुपमा व्यायम, योगा, ध्यान गर्न आवश्यक छ ।
यस्तो बेला घरमै बस्नु नै उत्तम : प्रदिप खड्का ( टेनिस)
कोरोना त्रास र लकडाउनकाकारण दैनिक प्रशिक्षण गर्न पाएका छैनौँ । टेनिङ गर्न नपाउँदा खेलको स्तर वृद्धि हुन सकेको छैन । घरमै बसेर वेसिक टेनिङ लिएका छौँ । यस्तो बेला घरमै बस्नु नै उत्तम हुन्छ । हामी घरमै बसेर पनि व्यायाम गर्न सक्छौँ । स्ट्रचिङ गर्न सक्छौँँ । बिहान उठेपछि वार्मअफ गर्दा हुन्छ । घरमा अरुले के भन्ला भन्ने सोच्ने होइन ,आफू स्वस्थ रहने हो । आफ्नो शक्ति विकास गर्ने हो । घरमा बसेर नै कोरोनालाई जित्छौँ । अनावश्यक बाहिर हिड्नु,आफ्नो र परिवारको लागि खतरा देखिन्छ ।
घरमै बसेर बल खेल्न सकिन्छ : रन्दिप पौडेल ( फुटबल)
बाहिर निस्कने अवस्था छैन हामिले घरमै बसेर पनि बल संग समय विताउन सक्छौ । बलसँंग जग्लिङ्ग गर्न सक्छाँ । ै बल टच गरेर पनि बस्न सकिन्छ । अहिले भित्रै रनिङ गर्ने अनि स्टे«चिङ गर्ने पुसअप, सेटअप गरेर आफुलाई फिट राख्न सक्छौँ । यस्तो बेला बाहिर कोही पनि ननिस्केकै उचित हो । भित्रै बसेर योगा ध्यान तथा बलसँग खेलौँ ।
प्रस्तुति : विजय नेपाली





