शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

शनिबार परीक्षण गरिएका ३९७ जनाको नतिजा नेगेटिभ

शनिबार परीक्षण गरिएका ३९७ जनाको नतिजा नेगेटिभ

म्याग्दीमा ३३ जनाको रिपोर्ट नेगेटिभ


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०७६, शनिबार

कोरोनाको र्‍यापिड टेष्ट कार्यक्रमअन्तर्गत शनिबार बागलुङमा गरिएका सबै नमुनाको नतिजा नेगेटिभ आएको छ । शनिबार ढोरपाटन नगरपालिकामा ७७, निसीखोलामा १ सय १५, वडिगाडमा १ सय १४ र बागलुङ नगरपालिका–१ रामरेखामा ९१ जनाको कोरोना परीक्षण गरिएको थियो । शनिबार परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिए । कोरोना भाइरस संक्रमणको आशंका गरिएका ब्यक्तिहरुको नमुना परीक्षणका लागि शुक्रबारदेखि बागलुङमा आरडिटी द्रुत परिक्षण टोली परिचालित गरिएको छ ।

म्याग्दीमा ३३ जनाको रिपोर्ट नेगेटिभ

र्‍यापिड टेष्ट अभियानअन्तर्गत शनिबार बेनीमा गरिएको ३३ जनाको कोरोना परिक्षण नतिजा नेगेटिभ आएको छ । र्‍यापिड टेष्टमा नेगेटिभ देखिए पनि मन्त्रालयको कार्यविधि बमोजिम नमुनाको रुपमा ६ जनाको स्वाब परिक्षणको लागि पोखरा पठाईएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिए । म्याग्दीमा बिगत एक महिनामा प्रवासबाट करिब १४० जना भित्रिएको तथ्यांक छ । जिल्लाको मालिका, धवलागिरी, मंगला, अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा समेत प्रवासबाट आएकाहरुलाई लक्षित गरि र्‍यापिड टेष्ट गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->