`

०७६ सालमा पोखराको खेलकुदले पाएको २ ठूला अवसर


  • बिजय नेपाली
  • सोमवार, बैशाख १, २०७७

पोखरा, १ वैशाख

खेलकुद पुर्वाधारको विकास
२०७६ साल पोखराको खेलकुदको लागि निकै महत्वपूर्ण रह्यो । पोखराले खेल पुर्वाधार विकासमा फड्को मार्न सफल भयो । सिगाें रंगशालाको मुहार नै फेरियो । अझ महत्वपुर्ण के रह्यो भने पोखरामा नेपालकै ठूलो फुटबल रंगशाला निमार्ण भयो । रंगशाला निमार्णको अन्तिम चरणमा पुगेपनि कोरोना प्रभावले भने रोकियो । रंगशालामा आधुनिक फुटबल मैदान सम्पन्न हुने अवस्थामा रहेको छ । पोखरा रंगशालाको साविकको फुटबल मैदानमा १ अर्ब २८ करोडको लागतमा आधुनिक स्टेडियम (रंगशाला) बनेको हो । रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले भारतीय कम्पनी जेभीएमए र नेपाली कम्पनी जिएसआईसँग ०७५ साल पुस १३ गते सम्झौता गरेको थियो ।
पोखरामा १६ हजार ५ सयको सिट क्षमतामा पुनः ३ हजार ५ सय सिट थप गरि २० हजार दर्शक प्यारापिट सहितको फुटवल स्टेडियम निर्माणकामले तिव्रता पाएको हो ।१ अर्ब २८ करोडको लागतमा पोखरामा निर्माणाधिन पोखरा फुटवल स्टेडियममा ३ हजार ५ सय सिट क्षमता बढाउँदा करिब १५ प्रतिशत अर्थात् २० करोड बढी बजेट लाग्नेछ ।
पोखरा रंगशालामा हाल प्रयोग भएको स्टील स्टक्चर उच्च गुणस्तरको भएकोले सिट न्यूनतम १० वर्ष र अन्य ५० वर्षसम्म टिक्नेछ । पोखरामा राति पनि अन्तर्रा्ष्ट्रिय प्रतियोगिता संचालनको लागि फ्लड लाइट र स्कोर वोर्डको व्यवस्थापन गर्ने योजना रहेको छ ।
१३ औ दक्षिण एशियाली खेलकुदका ८ खेल पोखरामा
नेपाल ०७६ मंसिर १५ गतेबाट दक्षिण एसियाली खेलकुद प्रतियोगिता सम्पन्न भयो । जसमध्ये ८ खेल पोखरामा सम्पनन भयो जुन पोखराको लागि निकै महत्वपुर्ण रह्यो । यतिमात्र होइन सागले पोखराको खेल क्षेत्रको समेत विकास तीब्र रुपमा ग¥यो यसले पूर्वाधारको विकास हुनपुग्यो ।
विगतमा भएका १२ बटा दक्षिण एसियाली खेलकुद संस्करणमाभन्दा निकै उत्साजनक नतिजा निकाल्दै नेपालले १३ औ दक्षिण एसियाली सफल्तापूर्वक सम्पन्न गरेको हो । घरेलु मैदानमा भएको प्रतियोगितामा कुल ५१ स्वर्ण सहित १३ औ सागलाइ भब्यताकासाथ बिदा गरेको हो ।
काठमाडौं पोखरा र जनकपुरमा भएको प्रतियोगितामा दक्षिण एसियाका ७ राष्ट्रले विभिन्न २६ खेलमा सहभागीता जनाएका थिए । ३ सय १७ स्वर्ण र रजत पदकका साथै ४८१ वटा कास्य गरि कुल १ हजार १ सय १५ पदकका सार्क सात राष्ट्रहरु बीच भएको प्रतिस्पर्धामा अघिल्ला सस्करणमा जस्तै यस पटक पनि भारत १ सय ७२ स्वर्ण सहित पहिलो स्थानमा रह्यो भने ५१ स्वर्ण सहित नेपाल दोस्रो स्थान र ४० स्वर्ण सहित श्रीलंका तेस्रो स्थानमा रह्यो । तेस्रो पटक घरेलु खेल मैदानमा आयोजना भएको १३ सागमा नेपालले सागको इतिहासममै सबैभन्दा धेरै स्वर्ण पदक जित्न सफल भएको हो । यस अघि घरेलु भूमिमा भएको आठौं सागमा नेपालले ३१ वटा स्वर्ण पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology