`

पूर्वाधार विकासलाई रोकेन लकडाउनले

  • पोखरा रंगशाला अभ्यास मैदानको ६० प्रतिशत काम सम्पन्न

    • विजय नेपाली
    • शुक्रबार, बैशाख ५, २०७७

    पोखरा, ५ बैशाख– १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) पछि अलपत्रमा परेको अभ्यास फुटबल मैदानले यति बेला तीब्रता पाएको छ ।
    लकडाउन अवस्थामा समेत पोखरा रंगशालाको पुर्वाधार विकासले भने गति लिन लागेको हो । निमार्णाधीन अवस्थामा रहेको अभ्यास मैदानको करिब ६० प्रतिशत काम सम्पन्न भएको छ । चार महिनादेखि अलपत्र परेको मैदानको काम लकडाउनमा पनि रोकिएको छैन ।
    पोखरा रंगशालामा निमार्णधीन अवस्थामा अलपत्र परेको अभ्यास फुटबल मैदान राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य राजेश गुरुङको सक्रियतामा अघि बढेको हो । लक डाउनको समयमा मजदुरहरुलाई समेत सहयोग पुग्ने हिसाबले पनि काम अघिबढाएको सदस्य गुरुङले बताए ।‘हामीले बिहान खाना र खाजाको समेत व्यवस्था गरि काम गराएका छौँ । लक डाउनको समयमा सुरक्षित तरिकाले काम अघि बढाएका हौँ । काभे्र,उदयपुर, बाँन्के लगायत टाढाटाढा जिल्लाका मजदुरहरु रहेका छन्’, उनले भने । . युवा तथा खेलकुद मन्त्रालयबाट योजना परेसँगै काम शरुु भएको केहि महिनामा नै मैदान अलपत्र परेको थियो । लक डाउनले पुर्वाधार विकासमा समस्या ल्याउने आम खेलप्रेमीको भावना भएपनि कामले निरन्तरता पाएको हो । मैदान लेभलिङको काम १५ दिन भित्र सक्ने योजना रहेको छ भने करिब २ महिनामा तयार गर्ने उदेश्यका साथ काम अघिबढेको हो । १३ औँ सागको समयमा उपभोक्ता समिति नै गठन गरि काम गरेपनि विचमा समस्या आएको कारणले अलपत्र परेको थियो । परिषद्ले तत्काल ९० लाखको योजना पारेपनि बजेट कटौती गरेको हो । उक्त मैदानको लागि छुट्टयाइएको बजेट मध्ये ३० लाख रुपैयाँको काम भएपनि बाकिँ रकमको काम भने रोकिएकाृे हो । गण्डकी प्रदेशमा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता समेत आयोजना हुदैँछ । नवौँको लागि समेत पुर्वाधारको विकास गर्नपर्ने भएपनि कोरोनाको कारण केहि समय रोकिने हो की भन्ने द्धिविधा पनि देखिएको छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology