- ‘आमा हामी यहाँ धेरै आउन मिल्दैन, केही भए फोन गर्नुस् भन्थे, लगाएका कपडा डढाउनुपर्छ भन्थे, मैलेपनि फोन चलाउन जानेकी केही परे भन्छु भनेर ढुक्कै भएँ ।’ कोरोनाको पुष्टी भएपछि घरमै लिन पुगेका डाक्टरहरुले भनेको कुरालाई आत्मासाथ गरेर कोरोना जितेको उनको टिप्पणी छ ।
बागलुङ, ८ बैशाख– बागलुङ नगरपालिका–३ गौंडाकोट तरकारी गाउँको नामले चिनिन्छ । अहिले भने यो गाउँ कोरोनाले बढी चर्चामा छ । कोरोना संक्रमित नेपालकै छैठौं विरामीको घरपनि यहीँ हो ।
सदरमुकाम बागलुङको पुरानो बजार कटेर केही पर पुगेपछि पश्चिम जाने बाटो छोडेर दक्षिणतर्फ लाग्नुपर्छ कोरोनालाई जितेकी आमाको घर पुग्न । घरअगाडि ठुलो केरा बगान, आँप र लिचिका रुखहरु, सानो गोरेटो बाटोसँगै जोडिएको छ ६५ वर्षिया मनकुमारी पौडेलको ठुलो घर । ९० बर्ष कटेका उनका ससुरा घरको पुछार तल्लामा बस्छन् । दिउँसो छहारीमा टहल्न लिचिको रुखमुनी निस्किन्छन् । मनकुमारी घरको सिरान तल्लामा बसेकी छन् । उनकी कान्छी बुहारी र नाती दोस्रो तल्लामा बस्छन् । कोरोनालाई जितेर घर फर्किएकी भएपनि केही समय साबधानी अपनाएर बस्नुपर्ने भएकाले उनीहरुको बसाई छुट्टिभिन्न परिवारको जस्तै छ । तर, परिवारमा एकआपसको सामिप्यता भने झन् बढ्दो छ । अलिपर घर बनाउँदै गरेका जेठा छोरा चिरञ्जिवी, बुहारी, नातीनातिना र बजारमा बस्ने छोरीज्वाईं पनि बेलाबखत घरमा पुग्छन् । उनीहरु अलग्गै अर्थात् डिस्टेन्स मेन्टन गरेर बस्छन्, बातचिज हुन्छ र फर्किन्छन् ।
नेपालकै छैटौं कोरोना संक्रमित हुन् मनकुमारी । उनी अहिले कोरोना जितेर होम क्वारेन्टाईनमा दिन बिताउँदैछिन् । शनिबार धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनबाट उनी १७ दिनपछि घर फर्किइन् । कान्छी छोरी भेट्न बेल्जियम पुगेर चैत ४ गते घर फर्किँदाकोभन्दा कम उमंग छैन उनको घरमा अहिले । दमको औषधी प्रयोग भने गरिरहेकी छिन् । बेल्जियमबाट आएको केही दिन परिवारसँग हेलमेल भएपनि चैतको १० गते यता उनी घरमा एक्लै सुरक्षित बस्दै आएकी थिईन् । अस्पतालमा पनि १७ दिन एक्लै बसिन् र फर्केर पनि उनी अलग्गै बस्न थालेकी छिन् । चिकित्सकले उनलाई कम्तिमा १४ दिन अलग्गै बस्न भनेका छन् ।

‘पहिलो दिन अस्पताल लैजान नमानेर ड्राईभर भाग्यो भन्ने सुने, मलाई केही भएको छैन्, मलाई ओसारेँ भने मर्छुकी भनेर भागे होला बरा भन्ने लाग्यो, मलाई त केही हुन्छ भन्ने लागेकै थिएन् ।’ उनले अस्पतालमा हुँदा दिनको समय फोनमै बिताएको र बिहान बेलुका सरसफाई र भजनकिर्तन गरेको बताईन् ।
लामो समयदेखि दमको बिरामी, रक्तचापको उतारचढाब भैरहने । त्यसैमाथि कोरोनाको संक्रमण भएको पुष्टि भएपछि परिवारका सदस्य र आफन्त धेरै आत्तिए । यसैपनि दमको औषधी खाँदै आएकी मनकुमारीलाई भने आत्तिने मौकै आएन् । ‘हा, बाबु किन आत्तिनु र ! मलाई केही भएकै छैन, केही होलाजस्तो पनि लाग्दैन’ पौडेलले भनिन्, ‘कोरोना लायोभन्दा नि मलाई त केहीजस्तो लागेको थिएन ।’ अस्पतालको बसाई र कोरोनासँगको संघर्षबारे हामीले उनी बसेको क्वारेन्टाईनमै पुगेर सोध्यौं– हजुरलाई औषधिले ठिक भएको हो कि अरु केही ? उनले जवाफ दोहो¥याइन ‘आत्मबलनै ठूलो कुरा हो । घाँटीबाट ¥याल निकाल्दा त म खोकिन्, डाक्टर बाबुले नखोक्नु है आमा भन्थे, मैले खोक्दिन ढुक्क हुनुस भने, दुईतीनपटक निकाल्दा नि म खोकिन अनि किन चाहियो र बाबु मलाई औषधी ।’ उनलाई ज्वरो र रुघा त छदै थिएन ।
उनले डाक्टरले देखाएको व्यवहार निकै उर्जा दिनेखालको भएको बताईन् । ‘आमा हामी यहाँ धेरै आउन मिल्दैन, केही भए फोन गर्नुस् भन्थे, लगाएका कपडा डढाउनुपर्छ भन्थे, मैलेपनि फोन चलाउन जानेकी केही परे भन्छु भनेर ढुक्कै भएँ ।’ कोरोनाको पुष्टी भएपछि घरमै लिन पुगेका डाक्टरहरुले भनेको कुरालाई आत्मासाथ गरेर कोरोना जितेको उनको टिप्पणी छ । ‘डाक्टरले आमा तपाई आत्तिए सबै आत्तिन्छन, हजरले आत्मबल नगिराउनुहोला भनेका थिए, मैले त्यसै गरेँ ।’ पौडेल भन्छिन्, ‘मेरा कपडाको पोको एम्बुलेन्समा पु¥याउने डाक्टर त निकै मनकारी रहेछन् ।’ उनले अस्पतालका डा. प्रदिप श्रेष्ठलाई सम्झिन् ।
आँफुलाई कोरोना लाग्छजस्तो नलागेकाले नै सामान्य संकेतहरु पनि देखा नपरीकनै निको भएको उनको बुझाई छ । कुराकानीमा सबैभन्दा धेरै सञ्चारमाध्याममा आएका समाचार र जानकारीबाट प्रभावित भएको उनले सुनाईन् । ‘कता–कता मरे भन्ने बिदेशतिरका समाचार सुनेकी थिएँ, १०३ ज्वरो आउँछ, खोकी लाग्छ, सास फेर्न गाह्रो हुन्छ भन्ने सुनेकी मलाई त्यस्तो केही पनि भएको थिएन, त्यसैले म त आत्तिईन् ।’ उनले आँफु दिर्घरोगी भएकाले अरु डराएको भएपनि आँफै भने नडराएको बताईन् ।
‘पहिलो दिन अस्पताल लैजान नमानेर ड्राईभर भाग्यो भन्ने सुने, मलाई केही भएको छैन्, मलाई ओसारेँ भने मर्छुकी भनेर भागे होला बरा भन्ने लाग्यो, मलाई त केही हुन्छ भन्ने लागेकै थिएन् ।’ उनले अस्पतालमा हुँदा दिनको समय फोनमै बिताएको र बिहान बेलुका सरसफाई र भजनकिर्तन गरेको बताईन् । ‘एक्लै त थिए, तर एकछिन खाली भैन, फोन मारेर कुरा गर्छु, खोलिनसक्दै अर्को फोन आउने, कसरी बिते १७ दिन पत्तै भएन् ।’ उनले परिवार आफन्त र सबै देशबासीले आँफुप्रति सद्भाव देखाएको बताईन् । मुख्यमन्त्री र नगरप्रमुखले फोनबाटै धेरै सम्झाएको र देशकै प्रधानमन्त्रीले पनि सम्झेको खबर पाउँदा उनी औधी खुशी छन् ।





