सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

हिँडेर घरजानेमा सुत्केरीदेखि बालाबालिकासम्म (फोटो फिचर)

हिँडेर घरजानेमा सुत्केरीदेखि बालाबालिकासम्म (फोटो फिचर)


  • तारानाथ आचार्य
  • बैशाख ८ २०७७, सोमबार

बागलुङ, ८ बैशाख– लकडाउनका कारण सावारी नचलेपछि पैदल हिँडेर घर जाँदै गरेका मजदुरलाई बागलुङमा उद्दार गरिएको छ । पोखराबाट रोल्पा,  बागलुङबाट धादिङ, हेटौंडा, पोखराबाट मुस्ताङ लगायतका ठाउँमा पैदल हिँडेका मजदुरलाई जिल्ला प्रहरी कार्यालय बागलुङले उद्दार गरेको हो । उनीहरुलाई रामरेखा आधारभूत बिद्यालयको क्वारेन्टाईन र शान्ति समितिको भवनमा बनाईएको आश्रय स्थलमा राखिएको छ । उनीहरुको ¥यापिड टेष्ट गरेर गन्तव्यतर्फ पठाउने तयारी भैरहेको छ । उनीहरुको खानाको व्यवस्थापन गरेको बागलुङ नगरपालिकाले ¥यापिड टेष्टको प्रबन्धसमेत मिलाएको हो । नगरप्रमुख जनकराज पौडेलले आश्रय स्थलहरुमा पुगेर उनीहरुको अवस्थाका बिषयमा जानकारी लिएका छन् । हिँडेर घर जान चाहनेहरुमा पोखराबाट हिँड्दै बागलुङ आईपुगेकी २ महिनाकी सुत्केरी समेत छन् भने केही मजदुर परिवारका बालबालिका समेत छन् । –हेर्नुस् तस्बिरहरु…

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->