शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

उदयपुरमै थपिए कोरोनाका ३ संक्रमित, संख्या ४५ पुग्यो

उदयपुरमै थपिए कोरोनाका ३ संक्रमित, संख्या ४५ पुग्यो


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०७७, बुधबार

बागलुङ, १० बैशाख– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा तीजना कोरोनाका बिरामी थपिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिएका हुन् । ‘बीपी प्रतिष्ठानको ल्याबमा पिसिआर परीक्षण गर्दा २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुषमा कोरोना देखिएको हो’, उनले भने, ‘यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।’ संक्रमित हुनेहरू उदयपुरको भुल्केकै रहेको बताइएको छ । यससँगै उदयपुरमा मात्रै संक्रमितको संख्या २७ पुगेको छ । ४५ कोरोना संक्रमितमध्ये अहिलेसम्म ७ जना निको भएर घर फर्किएका छन् । यसैबीच, बुधबार एकैदिन दुईजना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना भाइरसबाट संक्रमित धादिङका युवक र सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->