शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङकी युवतीको पाँचौ पटकको रिपोर्ट नेगेटिभ

बागलुङकी युवतीको पाँचौ पटकको रिपोर्ट नेगेटिभ


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०७७, बिहिबार

बागलुङ, ११ बैशाख– कोरोना भाइरस (कोभिड १९) को पाँचौ संक्रमित बागलुङकी १९ बर्षकी युवतीको स्वाब परीक्षण नेगेटिभ आएको छ । पाँचौ पटकको स्वाब परीक्षणमा उनको नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।
गत चैत ४ गते क्यु आर ६५२ नम्बरको जहाजमा सवार बागलुङ नगरपालिका वडा नं. ४ कुडुलेकी ती युवतीमा चैत १५ गते कोरोना भाइरस पोजेटिभ भएको पुष्टी भएको थियो । उनी बेल्जियममा बाट फर्केकी थिइन् । चारपटक सम्म पोजेटिभ देखिएपनि पाँचौ पटक बुधवार पठाइएको स्वाबको रिपोर्ट बिहिवार नेगेटिभ आएको हो । यो रिपोर्ट पछि धौलागिरी अञ्चल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी पनि खुसी भएका छन् । अब शुक्रवार छैठौ पटक स्वाब परीक्षणका लागि पठाएपछि उक्त रिपोर्ट पनि नेगेटिभ आएमा डिस्चार्ज गरिने पोखरेलले जानकारी दिए ।
ती युवती पनि सञ्चो भएर घर फर्केपछि बागलुङमा कोराना संक्रमित रहनेछैनन् । जिल्लाका १ हजार जनामा आरडिटी परीक्षण पनि भएको छ । उनीहरुको पनि नेगेटिभ रिपोर्ट आएको थियो । भारत र अन्य देशबाट आएकालाई क्वारेन्टाइनमा राखेपछि गरिउको परीक्षणमा नेगेटिभ आएपछि सबै घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->