शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

महानगरको कोषमा ४ करोड बढी, थपिने क्रम जारी

महानगरको कोषमा ४ करोड बढी, थपिने क्रम जारी


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०७७, शुक्रबार

पोखरा, १२ बैशाख– पोखरा महानगरले स्थापना गरेको राहत कोषमा शुक्रबारसम्म ४ करोड ७ लाख ३३ हजार ४ सय ९ रुपैयाँ जम्मा भएको छ । शुक्रबार निर्माण व्यवसायी समिति पोखराले १ लाख १ हजार ५ सहयोग गरेको छ । समितिका अध्यक्ष नारायण गुरुङ लगायतको टोलीले महानगर प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गरेको हो ।
यसैगरी, सगरमाथा माविले पनि ५० हजार सहयोग गरेको छ । माविका संस्थापक कृष्णराज अधिकारी, प्राचार्य धनबहादुर थापाले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीले २४ हजार ५ सय सहयोग गरेको छ । महासंघका कास्की अध्यक्ष मोहनप्रसाद सापकोटा, केन्द्रीय उपाध्यक्ष ऋषिराम शर्मा, केन्द्रीय सदस्य शिवराज बास्तोला र कास्कीका सदस्य प्रकाश बास्तोलाको टोलीले रकम हस्तान्तरण गरेको हो ।
कलम बचत तथा ऋण सहकारीले २५ हजार, नेपाली एकता मञ्च बेल्जियमका सदस्य चन्द्रकुमारी गुुरुङले २० हजार सहयोग गरेकी छन् । उनले पठाएको रकम वडा नम्बर १७ का वडा सदस्य शान्ता गुरुङले महानगर प्रमुख जिसीलाई हस्तान्तरण गरेकी हुन् । सहयोग गर्ने सम्पूर्ण संघ संस्थालाई महानगर प्रमुखले आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->