सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नगरका विपन्न र मजदुरलाई दोश्रो चरणको राहत बितरण

नगरका विपन्न र मजदुरलाई दोश्रो चरणको राहत बितरण

नेकपा ताराखोलाद्वारा गाउँपालिकालाई खाद्य सामग्री हस्तान्तरण


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०७७, शुक्रबार

बागलुङ, १२ बैशाख– कोरोना भाइरसको संक्रमणका कारण लकडाउन भएपछि अलपत्र परेका र दैनिक मजदुरी गरेर खानुपर्ने बिपन्नका लागि बागलुङ नगरपालिकाले दोश्रो चरणको राहत बितरण गरेको छ । बानपा–३ का १ सय ५० बढीलाई शुक्रबार राहत बितरण गरिएको हो । नगरपालिकाले पहिलो चरणमा उनीहरुलाई ५ केजी चालममात्र बितरण गरेको थियो । थोरै दिइएकोले उनीहरुलाई खाने व्यवस्था गर्न समस्या परेको थाहा पाएपछि थपेर शुक्रबार १० केजी चामल बाँडिएको प्रमुख प्रशासकीय अधिकृत दण्डपाणी शर्माले बताए ।
बितरण गरिएको सामाग्रीमा १० केजी चामल, १ केजी दाल, १ पोका नुन, १ पोका तेल र एक÷एक वटा साबुन बितरण गरिएको हो । ‘अधिकांस बाहिरका भएपनि जाने खालका भने भेटिएनन्’ शर्माले भने, ‘उनीहरु काम पाएमा यहीँ बसेर काम गर्ने योजनामा छन् ।’ शुक्रबार बागलुङस्थित बाल उद्यानमा बोलाएर उनीहरुलाई राहत बितरण गरिएको हो । सामाग्री पाउनका लागि नागरिकता पेश गर्नुपर्ने प्रावधान थियो । कतिपयले भने नागरिकता नभएपछि राहत नपाएको गुनासो गरिरहेका थिए ।
वडा कार्यालयले पहिचान गरेर सिफारिस गरेमा नागरिकता नभएपनि मानवीय नाताले सामाग्री दिइएको शर्माले जानकारी दिए । नगरपालिकाले स्थापना गरेको खाद्य बैंकमार्फत बिभिन्न दाताले दिएको चामल, दाल लगायतको खाद्यान्न राखेर बितरण गरिएको हो ।
नेकपा ताराखोलाद्वारा गाउँपालिकालाई खाद्य सामग्री हस्तान्तरण
नेकपा ताराखोलाले गाउँपालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । शुक्रबार तारागोला गाउँपालिका वडा नं. ४ मा एक कार्यक्रममार्फत गाउँपालिकाको कोषमा खाद्यान्न सहयोग गरेको नेकपा अध्यक्ष दिवश खत्रीले बताए । दैनिक मजदुरी गरेर खानेहरुलाई बितरण गर्नका लागि एकद्वार प्रणाली लागू गर्न राहत हस्तान्तरण गरिएको बताइएको छ ।
चामल, तेल, साबुन, नुन लगायतका सामाग्री बितरण भएको हो । खत्रीले गाउँपालिका अध्यक्ष प्रकाश घर्तीलाई सामाग्री हस्तान्तरण गरेका थिए । गाउँपालिकाले पहिचान गरेर बिपन्न र मजदुरलाई खाद्यान्न सामाग्री राहतस्वरुप बितरण गर्दै आएको छ । नेकपाले ३७ बोरा चामल, ७४ प्याकेट नुन, ७४ प्याकेट तेल, ८० केजी चिनी र ७४ वटा साबुन हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->