बागलुङ, १२ बैशाख– बागलुङको तित्याङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–८ तित्याङ घरभई भैरहवामा बस्दै आएका ४८ बर्षिया तारानाथ खड्काको बिहिबार भीरबाट लडेर मृत्यु भएको हो । बिहिबार साँझ घरबाट निस्केका खड्का तित्याङकै ठुलास्वाँरा भीरबाट लडेर घाईते भएका थिए । उनको उपचारको क्रममा धौलागिरी अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । बाबुआमा भेट्न भैरहवाबाट बागलुङ आएका खड्का लकडाउनका कारण एक महिनादेखि तित्याङमै बस्दै आएका थिए ।





