सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बरेङका विद्यालयको परीक्षाफल गाउँपालिकाको वेवसाइटमा !

बरेङका विद्यालयको परीक्षाफल गाउँपालिकाको वेवसाइटमा !


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०७७, शुक्रबार

बागलुङ, १२ बैशाख– नेपाल सरकारले कोरोनाको संक्रमण फैलिन नदिन देशमा लकडाउनको घोषणा गरेपछि परीक्षा सकेर बन्द भएका विद्यालयले नतिजा प्रकाशन गर्न पाएका छैनन् । तर, विद्यालय बन्द भएपनि केही विद्यालयले भने सूचना प्रविधिको प्रयोग गर्दै रोकिएको परीक्षा फल प्रकाशित गर्न थालेका छन् ।
परीक्षा सकिएलगत्तै बिद्यालय बन्द भएका कारण परीक्षाफल प्रकाशन गर्न नसकेका बिद्यालयलाई बागलुङको बरेङ गाउँपालिकाले विद्यालयसँग परीक्षाफल मागेर आफ्नो वेवसाईट तथा फेसबुक पेजमार्फत परीक्षाफल सार्वजनिक गर्न थालेको हो ।
पहिलो दिन शुक्रबार भृकुटी माध्यमिक विद्यालयको परीक्षाफल गाउँपालिकाले आफ्नो वेवसाईटमा अपलोड गरेको छ । स्थानीय रेडियोमार्फत सूचना जारी गरेर विद्यार्थीहरुलाई वेवसाईड वा सामाजिक सञ्जालमार्फत नतिजा प्राप्त गर्न भनिएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।
विद्यालयका कक्षा शिक्षक र प्रद्यानाध्यापकले हस्ताक्षर गरेर पठाएको नतिजा वेवसाईटमा अपलोड गर्ने प्रबन्ध गाउँपालिकाले गर्नेछ । विद्यालयहरुले पठाएकै आधारमा क्रमश ः सबै विद्यालयको नतिजा प्रकाशन हुने अध्यक्ष शर्माले बताए । बरेङमा प्राथमिकदेखि माध्यमिक तहका ३५ सामुदायीक विद्यालय सञ्चालनमा छन् । गाउँपालिका स्तरीय कक्षा ८ को परीक्षाफल भने सबै विद्यालयको एकै दिन प्रकाशन गर्ने तयारीमा गाउँपालिका लागेको छ । ‘सबै विद्यालयलाई नतिजा पठाउन जानकारी गराईएको छ’ प्रमुख प्रशासकीय अधिकृत रमेश थापा भन्छन्– ‘हामीले विद्यार्थीको मनोवल बढाउने यस्तो उपाय अवलम्बन गरेका हौं ।’
लामो समय परीक्षाफल प्रकाशित नहुँदा अन्यौलमा रहेका विद्यार्थीलाई पठनपाठनको वातावरण बनाउन अनलाईनमार्फत नतिजा प्रकाशन थालिएको उनले बताए । ‘अब माथिल्लो कक्षा चडेको विद्यार्थीले सोहीअनुसार घरमै बसेर पढ्न सक्छन्’ थापाले भने ‘विद्यालयहरुले पनि प्रबिधिको प्रयोग गरेर कक्षा चलाउँछौ भने पनि सहज हुन्छ ।’
गाउँपालिकाले आधिकारिक वेवसाईटमार्फत प्रबाह हुने सूचनामा नागरिकको पहुँच पु¥याउन पनि यो कदम फलदायी हुने अपेक्षा गरेको छ । ‘अहिले इन्टरनेटको पहुँच नभएका कमै छन्, मोबाईल डाटाबाट भएपनि सामाजिक सञ्जाल हेर्छन’ पालिका अध्यक्ष शर्मा भन्छन्– ‘नतिजा हेर्न हाम्रो वेवसाईडमा पुगेका विद्यार्थीले परिवारसम्म सूचना पु¥याउँछन्, हाम्रो सूचना प्रबाह गर्ने आधुनिक साधन सबैको पहुँचमा रहन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->