बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भारतका चर्चित अभिनेता इरफान खानको निधन

भारतका चर्चित अभिनेता इरफान खानको निधन


  • एजेन्सी
  • बैशाख १७ २०७७, बुधबार

मुम्बई, १७ बैशाख– भारतका होनाहार अभिनेता इरफान खानको बुधबार निधन भएको छ । न्युरोएन्ड्रोक्राइन ट्युमर नामक क्यान्सरसँग लडिरहेका उनको ५४ वर्षको उमेरमा मुम्बईमा निधन भएको हो । यसको ४ दिनअघि उनकी आमा सइदा बेगमको जोधपुरमा निधन भएको थियो । उपचाररत इरफान आमाको अन्तिम संस्कारमा सामेल हुन पाएका थिएनन् ।
सन् २०१८ मा इरफानलाई असामान्य खालको क्यान्सरले समाएको सार्वजनिक भएको थियो । उनी स्वयंले आफूलाई क्यान्सरले छोएको र साथीहरुको मायाले आफूमा उर्जा मिलेको भन्दै क्यान्सर भएको पुष्टि गरेका थिए । हरेक भूमिकालाई न्याय गर्ने इरफान भारतका मात्र नभएर संसारकै नामी कलाकार मानिन्छन् ।
उनको निधनमा सिंगो बलिउडले शोक मनाएको छ । सलाम बम्बे, स्लमडग मिलिनियर,द लञ्च बक्स, तलवार, द लाइफ अफ पाइ, हिन्दी मिडियम, अन, ब्याकमेल, अंग्रेजी मिडियम, पान सिंह तोमर, मकबुल, हाँसिल उनी अभिनित उत्कृष्ट सिनेमा हुन् । उनले सन् २०११ को पदमश्री पुरस्कार पनि पाएका थिए । अभिनयको लागि भारत सरकारले सो पुरस्कार दिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->