`

खेलकुदका निवर्तमान अध्यक्षले गरे खेलाडीलाई खाद्यान्न सहयोग


  • ढोरपाटन संवाददाता
  • शनिबार, बैशाख २०, २०७७

बागलुङ, २० बैशाख– लकडाउनको समयमा खाद्यान्न अभाव झेलिरहेका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष धन बहादुर परियारले खाद्यान्न सहयोग गरेका छन् । खेलकुदका गतिविधि बन्द रहँदा घरमै रहेका खेलाडीलाई खाद्यान्न अभाव हुन नदिन परियारले व्यक्तिगत खर्चमा खाद्य सामग्री हस्तान्तरण गरेका हुन् ।
परिवारको आर्थिक अवस्था कमजोर रहेका खेलाडीहरुलाई चामल, दाल, नुन र तेल लगायतका खाद्यान्न सहयोग गरिएको हो । शनिबार रुद्रेपिपलस्थित कबर्डहलमा जम्मा भएका १५ जना खेलाडीलाई परियारले प्रतिखेलाडी २५ किलो चामल उपलव्ध गराएका थिए । चामलसँगै दुई किलो दाल, एक पोका नुन, एक पोका तेल र १ थान साबुन हस्तान्तरण गरिएको थियो ।
चामल बाहेकका सामग्री भने बागलुङ नगरपालिका वडा नं. १ रामरेखाले उपलव्ध गराएको हो । विधागत खेलका प्रशिक्षकहरुमार्फत उसु, कराँते, तेक्वान्दो र फुटबलका खेलाडी छनौट गरेर राहत सामग्री वितरण गरिएको हो । कवर्डहलमा नआएका खेलाडीको लागि प्रशिक्षकमार्फत घर घरमै सामग्री पु¥याउन भनिएको परियारले जानकारी दिए । खेलाडीले नियमित अभ्यास गरिरहनुपर्ने भएकाले सामाजिक दुरी कायम गरेर अभ्यासमा जुट्न उनले आग्रह गरे । खेलाडीका हर समस्यामा आँफुसँगै रहेको भन्दै सरोकारवालाले समेत खेलाडीको समस्यालाई समेत मध्येनजर गर्नुपर्नेमा उनको जोड थियो ।
राहत सामग्री पाएका खेलाडीले धन्यवाद ज्ञापन गरेका थिए । वडा नं. १ का वडा अध्यक्ष दुर्गा बहादुर बोहरा, वडा सदस्य सूर्य लामिछाने लगायतका सरोकारवालाको उपस्थितीमा राहत हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology