आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अक्षराको ‘ऐ चन्दा’

अक्षराको ‘ऐ चन्दा’


  • एजेन्सी
  • बैशाख २४ २०७७, बुधबार

मुम्बई-कोरोना संक्रमणबीच आआफ्नो स्थानमा फसेका व्यक्तिलाई समर्पित गर्दै भोजपुरी अभिनेत्री अक्षरा सिंहले नयाँ गीत ‘ऐ चन्दा’ लिएर आएकी छन्। यो गीत अहिले सोसल मिडियामा भाइरल भइरहेको छ। यो विरह गीत अक्षराले आफैं गाएकी हुन्। यसको शब्द राजकुमार सहनीले लेखेका हुन् भने संगीत अजय सिंह बच्चाले तयार गरेका हुन्। अक्षरा भन्छिन्, ‘मेरो यो गीतले लकडाउनमा बसेकाहरूलाई मनोरञ्जन दिनेछ। यो गीतको सुटिङ धेरै पहिले भएको हो। कोरोनाको कारण यो गीत रिलिज गर्न ढिला भएको हो। तर यो गीत तपाईंहरूलाई पक्कै मन पर्नेछ।
यो नवविवाहितको विरह गीत हो जसको पति ऊ नजिक आउँदैनन्। यो गीत अक्षराको अफिसियल युट्युबमा रिलिज गरिएको हो। अक्षराले कोरोना भाइरससँग लड्न आफ्नो ठाउँबाट जागरण अभियान चलाइरहेकी छन्। उनले बिहार सरकारको मुख्यमन्त्री राहत कोषमा सबैभन्दा पहिले एक लाख रुपैयाँ सहयोग गरेकी थिइन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->