`

सरकार सत्ता परिवर्तन होइन, कोरोना रोकथाममा चनाखो बनोस्


  • श्याम राना मगर
  • बुधबार, बैशाख २४, २०७७

देश लकडाउनमा रहँदा सत्ता भने राजनीतिक सरगर्मीले तातेको छ । कोरोना भाइरस संक्रमणको जोखिमले देश त्राही–त्राही हुँदा सत्ता परिवर्तनको खेलमा लागेको भन्दै जनस्तरबाट सरकारको कडा आलोचना समेत भइरहेको छ । सरकारले बाटो बिराएर गलत बाटोमा हिँडेको सत्तापक्षकै बुझाई छ । यो बेला सरकारको भूमिका र कामकारबाही कस्तो हुनुपर्छ ? विपक्षी दलको भूमिका के ? यिनै विषयमाथि प्रजातान्त्रिक आन्दोलनमा लड्दा जेलनेल समेत खेपिसकेका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका कास्की जिल्ला सभापति कृष्ण केसीसँग ढोरपाटन संवाददाता श्याम राना मगरले लामो कुराकानी गरे । प्रस्तुत छ, उनै नेता केसीसँग गरिएको कुराकानीको सम्पादित अंश : (सम्पादक)
देश संकटबाट गुज्रिरहेको छ । देशलाई निकास दिनको लागि तपाईँहरुले प्रतिपक्षमा बसेर कस्तो भूमिका खेलिरहनु भएको छ ?
अहिले हाम्रो देश मात्रै नभएर विश्व नै संकटबाट गुज्रिरहेको छ । नागरिकहरु आत्तिइरहेका छन् । यस्तो बेलामा नागरिकलाई सुरक्षाको अनुभूतिदेखि विपतमा परेकाहरुलाई राहत उपलब्ध गराएर अहिलेको संकटबाट राजनीतिक पार्टी, भूगोल क्षेत्र, धर्म, जाति नभनि निकास दिनुपर्ने समय हो । नेपाली कांग्रेस पनि एउटा देशको जिम्मेवार पार्टी भएको हैसियतले सरकारले बनाएको राहत कोषमा सुरुमै पार्टीको तर्फबाट ५० लाख एकमुष्ट दिने रकम दियो । यो बेलामा राजनीतिक इतर भन्दापनि एकजुट भएर सरकारलाई साथ दिनुपर्छ भनिर हामीले सरकारलाई साथ दिई रहेका छौँ, दिने छाँैं पनि ।
अनि सरकारको भूमिकालाई कसरी हेर्ने ?
तर, सरकारले कोरोना रोकथाम गर्न जसरी सफल भयौं भनेर भनिरहेको छ । त्यसरी हुन सकेको छैन । सरकारले लकडाउन जारी गरिसकेपछि हामी आफैले सरकारलाई सहयोग गर्नुपर्छ । सामाजिक दूरी कायम गर्नुपर्छ, बाहिर निस्किन हुन्न भनेर मात्रै कोरोना अहिले रोकथाम भइरहेको हो । जुन हिसाबले सरकारले स्वास्थ क्षेत्र बलियो बनाउनुपथ्र्यो । त्यो हिसाबले हेर्ने हो भने सरकार असफल छ । किन असफल भनिरहेको छु भने, हामीलाई कोरोना नेपालमा प्रवेश गर्नै नदिने मौका पनि थियो । चीनमा देखिएको दुई–तीन महिनापछि मात्रै न बाहिर फैलिएको हो । जसरी कोरोना भाइरस संसारभर फैलियो, त्यसलाई रोक्नको लागि सरकारले तयारी गर्नुपथ्र्यो । सरकारले गर्न सकेन । यस्तो संकटको बेलामा पनि सरकार भ्रष्टाचार गर्न लिप्त रह्यो । स्वास्थ सामग्री खरिदमा करौडौं रुपैयाँ भ्रष्टाचार गरेको कुरा बाहिर आयो । डब्लुएचओले स्वीकृत नगरेको सामान पनि सरकारले स्वीकार ग¥यो । पछि रकम फिर्तागर्ने भन्यो ।
अहिले फेरि त्यही सर्टिफाइट नभएको स्वास्थ सामग्री प्रयोग गर्नतर्फ सरकार लाग्यो । पछिल्लो दिनमा राहत वितरणमा पनि हामीले देखेका छौँ । प्रधानमन्त्रीज्यूले नेपाली जनताको नाममा सम्बोधन गर्ने क्रममा भन्नुभयो,‘ हामीले लगभग ८० करोड रुपैयाँ राहत वितरणमा खर्च ग¥यौँ ।’ उहाँलाई के हेक्का रहनु पर्छ भने ३ करोड जनता भएको देशमा ८० करोड बाँड्दा एक जनाको भागमा कति पर्छ ? त्यो कुरा सम्माननीय प्रधानमन्त्रीज्यूले हेक्का राख्नुपर्ने ।
यी सामान्य कुरा भएनन् र ? अझ भनौँ, आलोचनका लागि आलोचनाजस्तो ।
दोस्रो कुरा राहत वितरण गर्दा जसरी वान डोर सिस्टमबाट दिने भनेर भनियो । लकडाउन भएको ४०, ४१ दिन हुँदा १५ दिनलाई पुग्ने राहत सरकारले दिएको छैन । यसले के प्रमाणीत गर्छ भने सरकार गैह्र जिम्मेजार छ, सरकारले हचुवाको भरमा काम गरि रहेको छ । योजना छैन । जनताको वास्तै छैन । यसकारण हामी के चाहन्छौँ भने नेपाली कांग्रेसले सरकारको सबै कामहरुमा पूर्ण समर्थन छ । यसलाई सरकारले साथमा लिएर, म मात्रै ठूलो हूँ, मैले अरु कसैलाई साथमा लिएर हिड्नु हुँदैन भन्ने ठान्नु हुँदैन । सबैलाई साथमा लिएर हिड्छुँ भन्ने सोच्नुपर्छ ।
कोरोना संक्रमणले देश थिलथिलो भई रहेको अवस्थामा सत्ता परिवर्तनका खेलहरु पनि भए । अहिले केही मत्थर भए जस्तो पनि भएको छ । यसलाई कसरी लिनु भएको छ ?
महिना दिनदेखि सीमामा हजारौं नेपाली अड्किई रहेका छन् । रोजगारीको सिलसिलामा बाहिर भएका नेपालीहरु पनि नेपाल आउन खोजी रहेका छन् । यस्तो अवस्थामा उचित व्यवस्थापन गर्नुपर्ने बेलामा सरकार जसरी आन्तरिक द्वन्दमा फसेको छ । बिरामी हुनु भएका प्रधानमन्त्री १८ घण्टा देशको लागि काम गर्छु भनेर भनेको हामीले मिडियामा सुन्यौं ।
जुन बेला उहाँले १८ घण्टा काम गर्नुपथ्र्यो । त्यो सयमा झन उहाँले बेमौसमको राजनीतिक गतिविधि उहाँले बढाउनुभयो । अनावश्यक रुपमा राजनीतिक द्वन्द सिर्जना गर्ने गरि दुई वटा अध्यादेश उहाँले ल्याउनु भयो । चारैतिरबाट विरोध आइसकेपछि त्यही कुरा उहाँले फिर्ता लिनु भयो । म सम्माननीय प्रधानमन्त्री ज्युलाई के भन्न चाहन्छु भन्दा, यदि अध्यादेश साँच्चिकै देशको हितमा छ, यसले देशको अस्थिर राजनीति अन्त्य गर्छ भन्ने भएको भए त्यसको पक्षमा जनमत बटुल्न सक्नुपथ्र्यो । तर, उहाँले त्यो पनि सक्नु भएन । अझ त्यसैसँग जोडिएर एउटा बहालवाला सांसद, भर्खरै मात्र रिटायर्ड भएको सुरक्षा निकाय प्रमुलाई लिएर अर्का सांसदलाई अपहरण गरिएको छ । नागरिकलाई ‘देश छ है हाम्रो लागि’ भनेर अनुभूति गराउनु पर्ने अवस्थामा नितान्त राजनीतिक रस्साकस्सीमा सरकार अल्झिरहेको छ । अहिले सरकारले के गर्नु पर्ने हो भने एउटै मात्र अजुर्नदृष्टि लगाएर कोरोना संक्रमणको जोखिमलाई अन्त्य गर्ने हो । यसमा सरकार चुक्यो ।
यो समयमा सत्ता परिवर्तनको खेल खेल्न खोज्नु कत्तिको जायज हो ?
अहिले दुई तिहाई नजिकको मत पाएर कम्युनिष्ट सरकार बनेको छ । यस्तो महामारीको बेलामा जसरी सत्ता परिवर्तनको खेल रचिए, वास्तवमा भन्नुपर्दा नेपाली काँग्रेस यसमा प्रवेश गर्न चाहेकै छैन । हामी किन प्रवेश गर्न चाहेका छ्रैनौं भने, हामी एकदमै कमजोर भएर, केही पनि गर्न नसक्ने भएर नगरेका होइनौं । राजनीतिक मुद्दा चाहे त्यो पार्टी भित्रको होस् चाहे त्यो पार्टी बाहिरको अहिले यसमा प्रवेश गर्ने समय नै होइन ।
सरकार गलत बाटोमा हिड्न खोजेको बेलामा सही बाटोमा हिड्न लगाउने कर्तव्य तपाईहरुको पनि होइन र !
होइन, म भन्दै छु नि, हामी सरकार फेरबदलको गणितीय हिसाबमा, कसलाई प्रधानमन्त्री बनाउने कसलाई नबनाउने ? भइरहेको सांसदलाई फालेर सांसदै नभएको व्यक्तिलाई पद दिनुपर्छ भन्नेमा छैनौँ । यस्तो कुरा न हाम्रो संविधानले व्यवस्था गरेको छ, न हाम्रो कानूनले नै मान्छ । कुनै पनि मान्यताभित्र नरहेको र सम्भावना नै नभएको व्यक्तिलाई प्रधानमन्त्री बनाउने ? उसलाई कुन ठाउँ खालि छ ? कहाँबाट चुनाव उठाउने ? यो फोहोरी खेलमा कम्युनिष्ट पार्टीको सरकार र सरकारको नेतृत्व गर्ने सम्माननीय प्रधानमन्त्रीज्यू जोडिन हुँदैनथ्यो भन्ने मेरो कुरा हो, कांग्रेसको कुरा पनि यही हो । पार्टीको नेतृत्व गरिरहेकाहरुले जुन किसिमको फोहोरी खेल सुरु गरेका छन् ,यो खेलमा नेपाली कांग्रेस प्रवेश गर्न चाहेकै छैन । यो बेलामा हामी एउटै कुरामा केन्द्रित छौं ।
के कुरामा ? तपाईँहरु त मौन देखिनुहुन्छ नि !
सरकार यो बेलामा कोरोना भाइरस संक्रमण जोखिम कम गर्न चनाखो रहनुपर्छ । व्यवस्थित गर्नुपर्छ । फ्रन्टलाइनमा काम गर्ने डाक्टरहरु अझैं पनि स्वास्थ सामग्री प्रयोग गर्न पाई रहेका छैनन् । भाइरस चेक गर्ने सामान अहिले पनि पर्याप्त मात्रामा छैनन् । आइसोलेसन बेड पर्याप्त मात्रामा छैनन् । औषधिको व्यवस्था छैन । कोरोना उपचार गर्ने नाममा सारा अस्पताललाई आंतकित बनाइएको छ । राज्यले सामान्य सुरक्षा सामग्रीको व्यवस्था गर्न नसक्दा आज डाक्टरहरु तनावमा छन् । उपचार गर्न सक्ने अवस्था बनिरहेको छैन । यो कुरामा हाम्रा पार्टीका नेताहरु लागि रहेका छौं । प्रधानमन्त्रीलाई भेटेर यो कुरा सम्झाईं रहेका छौं । विज्ञप्ति निकालेर सजग बनाई रहेका छौँ । स्थानीय निकायममा भएका हाम्रा साथीहरुलाई कोरोना संक्रमणसँग जुध्न सबै शक्ति प्रयोग गर्न निर्देशन दिएका छौँ । हामी आफै पनि खटिइरहेका छौँ ।
प्रतिपक्ष प्रभावकारी भएन जस्तो लाग्दैन ?
हैन, अघिपछि राज्यले गरेका गलत काम र रवैयाको विरुद्धमा हामी लागिरहेका छौँ । तर,कोरोना संक्रमणबाट पार पाउन सहकार्य गर्न पनि तयार छौँ । यसलाई नेपाली कांग्रेस कमजोर भएको, नेपाली कांग्रेस अनुत्तरदायी भएको, जनताको ख्यालै नगरेको भन्ने रुपमा अथ्र्याउन मिल्दैन । न त कांग्रेस कमजोर भएकै भन्न सकिन्छ । अहिले लकडाउनको अवस्था छ । सबैले आफ्नो ठाउँमा सुरक्षित रहन राज्यले निर्देशन गरेको छ । यसलाई पालना गर्नु भनेको पनि सरकारलाई सहयोग गर्नु हो । यसमा नेपाली काँग्रेसले मात्र होइन, समग्र नेपाली जनताले साथ दिइरहेका छन् । रह्यो कुरा के भने, हामीले सरकारलाई राजनीतिक रुपमा असजिलो नबनाएर यसबाट पार दिने कुरामासहयोग गरिरहेका छौं । यदि, आवश्यक नै प¥यो भने हामी सडकमै उत्रिन पनि पछि हट्दैनौं । नेपाली जनताको अधिकार रक्षाको लागि हामी सधै तत्पर छाँैं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology