शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

नागरिक समाजद्वारा सिमा अतिक्रमणको विरोध

नागरिक समाजद्वारा सिमा अतिक्रमणको विरोध


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०७७, बुधबार

बागलुङ, ३१ वैशाख– भारतिय पक्षबाट निरन्तर भईरहेको नेपाल भूमि अतिक्रमण बन्दको माग गर्दै नागरिक समाज बागलुङले बुधबार बागलुङमा सांकेतिक विरोध जनाएको छ । नेपाली भूमि लिपुलेक अतिक्रमण गरी भारतले चीनसंगको व्यापारिक नाका जोड्न मोटरबाटो निर्माण गरेको विरोधमा नागरिक समाज बागलुङले सांकेतिक विरोध गरेको हो ।
लोकतान्त्रिक चोकमा आयोजित विरोध कार्यक्रममा नागरिक अगुवाहरुले भारतिय पक्षबाट निरन्तर रुपमा हुँदै आएको नेपाली भूमि अतिक्रमण बन्द गर्न नागरिक स्तरबाट सरकारलाई दबाब सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । समयमै जागेनौ भने देशको स्वाभिमान र भावी सन्तानका लागि दुर्गाग्य हुने विरोध कार्यक्रममा बोल्ने वक्ताहरुले बताए । राष्ट्रिय स्वाधिनताको रक्षा गर्न कुनैपनि सरकारको साँची बस्न नसकिने बताउँदै वक्ताहरुले अतिक्रमित नेपाली भूमि फिर्ता गर्नको लागि सबै क्षेत्रबाट दबाब सिर्जना गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै ऋषि स्वामी प्रपन्नचार्य, अधिकारकर्मी राम शर्मा, उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारी, गैर सरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा लगाएकाले भारतको विस्तारवादी नीतिलाई सदाको लागि पराजित गर्न सरकारलाई नागरिक स्तरबाट झकझाउनु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->