बागलुङ, १ जेठ– नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष सागर परियारले बागलुङ नगरपालिका—१४ लाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विश्वभर फैलिएको (कोभिड १९) कोरोना भाइरसको जोखिमलाइ मध्यजर गर्दै बागलुङ नगरपालिकालाई उक्त स्वास्थ्य सामग्री परियारले प्रदान गरेका हुन् । नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि समेत रहेका परियारले बुधबार बानपा—१४ का अध्यक्ष चक्रबहादुर क्षेत्रीलाई मास्क, सेनिटाईजर तथा ग्लोब्स हस्तान्तरण गरे । उनले उक्त सामग्री व्यक्तिगत खर्चमा उपलब्ध गराएका हुन् । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै नेता परियारले कोरोना भाईरसको अहिलेसम्म कुनै पनि उपचार पद्धतिको विकास नभएकाले आफु परिवार र समाजलाई सुरक्षित राख्न सबैले साबधानी अपनाउनुपर्ने बताए ।





