सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पौडी खेल्ने क्रममा बागलुङका युवाको अमेरिकामा निधन

पौडी खेल्ने क्रममा बागलुङका युवाको अमेरिकामा निधन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०७७, सोमबार

बागलुङ, ५ जेठ– अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका बागलुङ नगरपालिका–१ खत्रीटोलका २५ वर्षिय आशिष केसीको आइतबार निधन भएको छ । विगत तीन वर्षदेखि मेरिल्याण्डमा बस्दै आएका केसी गत शुक्रबार मेरिल्याण्डको रिची हाईवे नजिकको तलाउमा पौडी खेल्ने क्रममा डुबेका थिए ।
शुक्रबार पौडी खेल्ने क्रममा तलाउमा डुबेर पानीको मध्य भागमा पुगेका केसीलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको थियो । युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरमा उपचारको क्रममा आइतबार केसीको निधन भएको मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । आप्रवासीको रुपमा अमेरिकामा बस्दै आएका केसीको निधनले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाउँदै बताउँदै सांसद भण्डारीले अन्तिम संस्कारका लागि परिवारका सदस्यसंग समन्वय र स्थानीय संघसंस्थाका प्रतिनिधीसँग सहकार्य गरेर व्यवस्थापन गर्ने जनाएका छन् । केसीको निधनले परिवार शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->