बागलुङ, ७ जेठ– बागलुङ नगरपालिका–१ बाङ्गेचौरस्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका २२ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । देशका विभिन्न ठाउँबाट बागलुङ भित्रिएकालाई क्वारेन्टाइनमा राखेर आइतबार स्वाब संकलन गरी कोरोना परिक्षणका लागि प्रादेशिक प्रयोगशाला पोखरा पठाईएको थियो । रामरेखा क्वारेन्टाइनमा रहेका २२ जनाकै कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले पुष्टि गरे ।





