सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गलकोटका अग्नि पीडितलाई सहयोग जुट्दै

गलकोटका अग्नि पीडितलाई सहयोग जुट्दै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७७, बिहिबार

बागलुङ, १५ जेठ– बागलुङको गलकोट नगरपालिका वडा नं ७ मल्म सिरबारेका अग्नि पीडित जुक्त बहादुर खड्काको परिवारलाई न्यू नवज्योति युवा क्लव आगाँखेत बामियाले राहत प्रदान गरेको छ । क्लबले पीडित परिवारलाई १० हजार बराबरको भाँडाकुँडा, मोबाइल सेटसहित नगद सहयोग गरेको क्लबका अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिए ।
यस्तै, पिडितलाई मल्म पिपलडाँडाका हरिदत्त गौतमले १० हजार, बुटवलका हरि साहनी, मुलपानी सप्ताहघाट महिला समुह मल्म, सुन्तलारुखका कर्ण बहादुर थापा, मल्म आगाँखेतका बाबुराम केसी, सुरेन्द्र केसी, नेपाल रेडक्रस सोसाइटी मल्म–काँडेबास उपशाखाले ५/५ हजार र मल्मका टेकनाथ गौतमले ३ हजार सहयोग गरेका छन् । खड्काको घरमा गत जेठ ११ गते दिउँसो अकस्मात आगलागी हुँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । घर जलेपछि खड्का परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->