शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रोनाल्डो र मेस्सीलाई पछि पार्दै फेडेरर शीर्षस्थानमा

रोनाल्डो र मेस्सीलाई पछि पार्दै फेडेरर शीर्षस्थानमा


  • बिजय नेपाली
  • जेष्ठ १८ २०७७, आइतबार

पोखरा, १८ जेठ– पोर्चुगलका क्रिस्चियानो रोनाल्डो र अर्जेण्टिनाका मेस्सीलाई पछि पार्दै टेनिस खेलाडी रोजर फेडेररले सर्वाधिक आम्दानी गर्ने खेलाडीको शीर्ष स्थान ओगटेका छन् । फेडेरर फोर्ब्स म्यागजिनको सूचिको पहिलो स्थानमा रहन सफल भएका हुन । फेडेरर पहिलो हुँदा युभेन्टसका रोनाल्डोले शीर्षस्थान गुमाएका हुन् ।
फोर्ब्स म्यागजिनको पछिल्लो तथ्यांक अनुसार लन टेनिसकै राफयल नाडाल पहिलो पटक सूचिमा अटाउँदा फुटबलका आन्द्रेस इनिष्टा, डेभिड डे हेया र सर्जियो रामोस पनि शीर्ष १०० भित्र अटाएका छन् ।
पछिल्लो तथ्यांक अनुसार सर्वाधि आम्दानी गर्नेको सूचिमा शीर्षस्थानमा उक्लिएका स्वीस टेनिस स्टार फेडेररको आम्दानी १०६.३ मिलियन डलर छ ।दोस्रो स्थानमा रहेका पोर्चुगल तथा युभेन्टसका फरवार्ड रोनाल्डोको १०५ मिलियन डलर आम्दानी रहेको छ । कोरोनाका कारण युभेन्टसबाट आउने तीन दशमलव पाँच मिलियन डलर कटौती गर्न राजि भएका रोनाल्डोको प्रायोजक र इन्स्टाग्रामबाट नै राम्रो आम्दानी गर्छन् । फेडेररले अधिकांश आम्दानी प्रायोजकबाट हात पारेका हुन् । उनीसँग १३ वटा विभिन्न ब्राण्डहरु प्रायोजक रु रहेका छन् ।
तेस्रो स्थानमा रहेका अर्जेण्टिना तथा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको १०४ मिलियन डलर रहेको छ । उनीसँग पनि विश्वविख्यात कम्पनीहरु प्रायोजकका रुपमा रहेका छन् । त्यस्तै ब्राजिली फुटबलर नेयमार ९५.५ मिलियन डलरसहित चौथो स्थानमा रहेको छ । नेयमारसँग पनि विभिन्न प्रायोजक जोडिएका छन् । उनले इन्स्टाग्राम पोष्टबाट मात्र बर्षमा ३३ मिलियन पाउण्ड कमाउँछन् । बास्केटबलका लेब्रन जेम्स ८८.२, बास्केटबलकै स्टेफन करीको ६३.९, बास्केटबलका केभिन डुरान्ट ६३.३, गल्फका टाइगर वुड्सको ६२.३, एनएफएलका कर्क कजीन्सको ६०.५ र एनएफएलकै कार्सन वेन्ट्ज ५९.१ मिलियन डलर आम्दानी गर्दै शीर्ष १० भित्र अटाउन सफल भएका छन ।
बक्सिङका टाइसन फ्युरी ५७ मिलियन डलर आम्दानी गर्दै ११औं स्थानमा रहँदा फर्मुला वानका लेविस ह्यामिल्टन ५४ मिलियन डलरसहित १३औं स्थानमा रहेका छन् ।टेनिसका नोभाक जोकोभिच ४४.६ मिलियन डलरसहित २३औं तथा पहिलोपटक फोर्ब्सको सुचीमा अटाएका स्पेनका टेनिस स्टार राफयल नाडाल ४० मिलियन डलरसहित २७औं स्थानमा रहेका छन् ।जापानी टेनिस स्टार नाओमी ओसाका ३७.४ मिलियन डलरसहित सूचिमा २९औं स्थानमा रहँदा अमेरिकी टेनिस स्टार सेरेना विलियम्स ३६ मिलियन आम्दानीसहित ३३औं स्थानमा रहेकी छिन् ।फुटबलका मोहम्मद सलाह ३५.१ मिलियन डलर आम्दानीसहित ३४औं स्थानमा छन् । फुटबलका फ्रेन्च स्टार केलियन एमबाप्पे ३३.८ मिलियन डलरसहित ३६औं स्थानमा छन् । स्पेनका फुटबलर आन्द्रेस इनिष्टा २९.६ मिलियन डलरसहित फोर्ब्सको सुचीमा ४६औं स्थानमा छन् । २८.७ मिलियन डलरसहित फुटबलका मेसुट ओजिल ४९औं स्थानमा, फुटबलकै पउल पोग्वा २८.५ मिलियन डलरसहित ५१औं स्थानमा रहेका छन् । ब्राजिली ओस्कार २७.५ मिलियन डलरसहित ५६औं स्थानमा छन् । स्पेनी टोलीमा २५.७ मिलियन डलरसहित डे हेया ६७औं स्थानमा रहँदा २१.८ मिलियन डलरसहित रामोस शीर्ष १०० मा अटाएका छन् ।विश्वमा सर्वाधिक आम्दानी गर्ने खेलाडीको सूचिमा भने फुटबल खेलाडीको बर्चस्व रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->