बागलुङ, २० जेठ– बागलुङको ताराखोला गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी गरी ७५ जनाको कोरोना विमा गरेको छ । कोभिड–१९ को महामारीमा काम गरिरहेका उनीहरुलाई जोखिम न्यूनीकरण गर्न कोरोना विमा गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकाले आफ्नै कोषबाट प्रतिब्यक्ति रु. १ लाख बराबरको कोरोना विमा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा सह–संयोजक दिपक खड्काले जानकारी दिए ।
गाउँपालिकाकाले आइएमई जनरल इन्स्योरेन्स कम्पनी लि. संग ७५ जनाको कोरोना बिमा गरेको हो । यो बिमापछि संक्रमित भएमा कम्पनीले तत्कालै ५० हजार र मृत्यु भएमा १ लाख रकम भुक्तानी दिने बताईएको छ । कोरोना विमा अवधि एक बर्षको हुनेछ । यसबाट कोरोना महामारी रोकथाम र नियन्त्रणमा खटिएकाहरुलाई प्रत्यक्ष रुपमा लाभन्वित हुने विश्वास गाउँपालिकाले लिएको छ ।





