शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पुष्टि भएको चौविसघण्टा पछि संक्रमितलाई अस्पताल ल्याईंदै

पुष्टि भएको चौविसघण्टा पछि संक्रमितलाई अस्पताल ल्याईंदै

गाउँपालिका भर एम्बुलेन्स नहुँदा बिरामी ओसार्न समस्या


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०७७, शुक्रबार

बागलुङ, २३ जेठ–बिहिबार कोरोना संक्रमण रहेको पुष्टि भएका बागलुङको निसीखोला गाउँपालिकाका तीन जना संक्रमितलाइ चौविस घण्टा पछि अस्पताल हिँडाईएको छ । क्वारेन्टाईनमा रहेका उनीहरुलाई सवारी साधनको अभावमा कोरोना पुष्टि भएपछि पनि चौविसघण्टासम्म अस्पताल पु¥याउन नसकिएको हो । शुक्रबार बिहान बडिगाड गाउँपालिका माताहातमा रहेको एम्बुलेन्समा राखेर अस्पताल ल्याउन लागिएको हो । नीजि सवारी साधनमा स्वास्थ्य सुरक्षा सावधानि अपनाएर ल्याउन कठिन रहेको र गाउँपालिकामा एम्बुलेन्स नहरेकाले संक्रमितलाई समयमा अस्पताल पु¥याउन नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले बताए । बिहिबारनै कोरोना संक्रमण पुष्टि भएका जिल्लाको बडिगाड गाउँपालिकाका बिरामी धौलागिरी अस्पताल ल्याएको बडिगाड गाउँपालिका माताहतको एम्बुलेन्सले शुक्रबार निसीखोलाका संक्रमित अस्पताल ल्याउन लागेको हो । ‘उता सवारीको व्यवस्था भएन, बडिगाडकै एम्बुलेन्सलाई खेप गर्नुपर्यो’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने ‘लामो यात्रा सवारी चालकलाई समस्या हुने भएकाले रातीमा आँट्न सकेनौं, आज मात्रै निसीका बिरामी आउँदैछन् ।’ जिल्लाका दश स्थानीय तहमध्ये ढोरपाटन नगरपालिका, बनिसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा कुनैपनि संस्था र स्वास्थ्य संस्थाका एम्बुलेन्स छैनन् । सदरमुकामबाट एक सय किलोमिटर भन्दा टाढा रहेको क्वारेन्टाईनबाट चौविसघण्टा पछि कोरोनाका बिरामी धौलागिरी अस्पतालको आईसोलेसनका लागि हिँडेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->