शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

नगरको कोषमा तीन संस्थाको ६० हजार सहयोग

नगरको कोषमा तीन संस्थाको ६० हजार सहयोग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०७७, मंगलबार

बागलुङ, २७ जेठ– कोरोना भाईरस महामारीसँग जुध्न बागलुङ नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई सञ्जालमा आबद्ध यहाँका तीन संस्थाले आर्थिक सहयोग गरेका छन् । चारतारे युवा क्लब, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले नगरपालिकाको राहत कोषमा संयुक्त रुपमा ६० हजार रुपैयाँ सहयोग गरेका हुन् । चारतारे युवा क्लव नेपालले १० हजार र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले २५ हजार र सिवाईसी साकोसले २५ हजार जम्मा गरी संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । संस्थाहरुको तर्फबाट अध्यक्ष चण्डि प्रसाद शर्माले बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । संस्थाहरुले समुदायप्रतिको उत्तरदायित्वलाई ध्यानमा राखी सहयोग गरेको अध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->