सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आत्माशन्तिको कामना गर्दै मन्दिर निर्माण

आत्माशन्तिको कामना गर्दै मन्दिर निर्माण


  • कृष्ण संयोग
  • जेष्ठ २८ २०७७, बुधबार

बागलुङ, २८ जेठ– कोरोना भाईरसबाट मृत्यु हुनेहरुको आत्मा शान्तिको कामना गर्दै पर्वतको महाशिला गाउँपालिका–५ का युवाहरुले विश्वकर्माको मन्दिर निर्माण थालेका छन् । बिभिन्न कामको शिलशिलामा गाउँ बाहिर रहेका युवाहरुले गाउँपालिकाको सहयोग र श्रमदानमा मन्दिर निर्माण थालेका हुन् । वडाबासीको आस्थाको धरोहरको रुपमा रहेको विश्वकर्मा मन्दिर निर्माणका लागि महाशिला गाउँपालिकाले चालु आर्थिक बर्षमा एक लाख रुपैयाँ अनुदान उपलव्ध गराएको थियो ।
फुर्सदको सदुपयोग हुने र मन्दिर निर्माणमा योगदान पनि हुने भएकाले युवाहरु मिलेर निर्माणको काम सुरु गरेको महाशिला गाउँपालिका–५ का स्थानीय युवा दिपक सुनारले बताए । कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको आत्मा शन्तिको कामनासहित युवाहरुले श्रमदान गरेको सुनारले बताए । गाउँपालिकाको सहयोग र युवाहरुको श्रमदान गरी दुई लाख रुपैयाँको लागतमा मन्दिर निर्माण थालिएको हो । मन्दिर निर्माणपछि गाउँपालिकाका बिभिन्न वडाका भक्तजनलाई पुजाआजामा सहज हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->