शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विवादित एन्फा अध्यक्ष शेर्पालाई गण्डकीका ८ जिल्लाको समर्थन

विवादित एन्फा अध्यक्ष शेर्पालाई गण्डकीका ८ जिल्लाको समर्थन


  • विजय नेपाली
  • जेष्ठ २९ २०७७, बिहिबार

पोखरा, २९ जेठ – पछिल्लो समय विवादमा तानिएका अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाको ८ जिल्लाले समर्थन गरेका छन ।
गण्डकी प्रदेशअन्तर्गत रहेका ८ जिल्ला फुटबल संघले संयुक्त बैठक बस्दै शेर्पाको समर्थन गरेका हुन । शेर्पाले तराई राष्ट्रियताका कमी रहेको बताएपछि विवादमा तानिएका थिए । त्यस लगत्तै अनियमिता र त्रुटिपूर्ण काम गर्दै आएको भन्दै एन्फामा आबद्ध ४ जिल्ला संघले कारवाही माग सहित राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई ज्ञापन पत्र बुझाएका थिए ।
काठमाडौंका अध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौताम सुजखु, धादिङका अध्यक्ष दीपक खतिवडा र एन्फाबाट निलम्बित ललितपुरका अध्यक्ष पुरुषोत्तम थापाले संयुक्त रुपमा हस्ताक्षर गर्दै उपाध्यक्ष तिम्सिनालाई शुक्रबार ज्ञापन पत्र दिएका हुन् । सुजखुबाहेक ३ अध्यक्षको उपस्थिति थियो ।
एन्फा अध्यक्ष शेर्पाले जेठको सुरुमा बेव अन्तवार्ताका क्रममा तराईमा राष्ट्रियताको कमी रहेको भनाई विवादमा परेको थियो । नेपाली सेना सँगको सहकार्यमा तराईका ४ जिल्ला सप्तरी, सिराहा, धनुषा र महोत्तरीमा ग्रासरुटको कार्यक्रम सुरु गरेको बताउँने क्रममा शेर्पाको राष्ट्रियताको प्रसंग उठाएका थिए । त्यसमा पनि ४ जिल्लाका अध्यक्षले शेर्पाको अभिव्यक्ति एन्फा विधान र मुलुकी अपराध सहिता ऐन २०७४ समेत विपरित भएको उल्लेख गरेका थिए ।

सोहि बिषयलाई लिएर विवादमा आएका अध्यक्ष शेर्पाको पक्षमा एन्फाका उपाध्यक्ष कृष्ण थापा, सहायक महासचिव विश्व पौडेल, तनहुँ एन्फाका अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठ, अर्का सदस्य एलबी ज्वाराचनको सहभागितामा बैठक समपन्न भएको थियो । संयुक्त विज्ञप्ती जारी गर्दै गण्डकी प्रदेशअन्तर्गतका एन्फा जिल्ला अध्यक्षले एन्फा अध्यक्ष शेर्पाले ग्रासरुट फुटबलको विषयमा दिएको अभिव्यक्ति लिएर सांसद यादवले राजीनामा माग गरेको विषयमा ध्यानाकर्ष भएको जनाएको छन् ।बैठकपछि केन्द्रिय समितिका प्रतिनिधिसँगै जिल्ला अध्यक्ष लोकेन्द्र गुरुङ (लमजुङ), रामराज गुरुङ (बागलुङ), मुक्त राना ( स्याङजा),सेतवहादुर पुन (नवलपुर), मिलन गुरुङ (कास्की),दिपेन्द्र श्रेष्ठ (गोरखा) र निरज गुरुङ (मनाङ) ले संयुक्त रुपमा विज्ञप्ती जारी गरेका हुन् । कास्की जिल्ला फुटबल संघले निलम्बन गरेका मिलन गुरुङ अध्यक्षकै हैसियतमा मंगलबारको बैठकमा सामेल भएका थिए । उक्त विवादमा तानिएका शेर्पाले बिज्ञप्ति मार्फत माफी मागेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->