बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

होशियार ! आँखाको ज्योति नै लिन सक्ने सापु ?

होशियार ! आँखाको ज्योति नै लिन सक्ने सापु ?


  • श्याम राना मगर
  • जेष्ठ ३१ २०७७, शनिबार

पोखरा, ३१ जेठ – बर्खायाम सकिने बेला देखिने सापु यसपालि बर्खायाम सुरु हुनुअगावै देखियो । दुई वर्षको अन्तरालमा देखा पर्ने सापुको जोखिम मंसिरसम्मै रहन्थ्यो । तर, यसपटक भने बैशाखको पहिलो सातामै भेटियो । त्यो पनि एक वर्ष नपुग्दै ! हातमा सेतो पुतलीको झुस परेर आँखामा छोइएको र सोझै आँखामा सेतो पुतली परेर लाग्ने सापु यसपटक भने अलि छिट्ट्रै देखिएको डाक्टर इन्द्रमान महर्जनले बताए । ‘ठ्याक्कै यही कारण भनेर पत्ता लागेको छैन । जाँच गर्दा छोइएर अथवा सोझै आँखामा सेतो पुतली पसेको छ उसलाई सापु देखिन्छ’, डाक्टर महर्जनले सापुबारे सुनाए । सेतो पुतली आँखामा पसेको एकदेखि दुई घण्टाभित्रै यस्को संक्रमण देखिन थाल्छ ।
अहिलेसम्म सापु के कारण हुन्छ ? पत्ता नलागे पनि सापुको मुख्य कारण सेतो पुतली नै देखिएको छ । वर्षको सुरुआतमै देखिएको सापुका बिरामी ४ जना हिमालय आँखा अस्पतालमा उपचारका लागि आएका थिए । ३ हप्तायता भने सापुका बिरामी अस्पताल नआएको उनले सुनाए ।
‘सेतो पुतलीले छोएको बिरामीलाई एक दुई घण्टाभित्र खप्नै नसक्ने गरि आँखा पोल्छ, बिस्तारै आँखा देख्न पनि छाड्छ । सेतो पुतली पसेको २४ घण्टा भित्रमा अस्पताल आयो भने ठीक हुन्छ । नत्र आँखाको ज्योति नै गुम्ने खतरा हुन्छ’, सापुको जोखिमबारे उनले सबिस्तार सुनाए ।
सापुको उपचारमा २४ घण्टाभन्दा ढिला गरे लगभग आँखाको ज्योति नै गुम्ने खतरा हुन्छ । ‘सेतो पुतली आँखामा पसेको २४ घण्टाभित्र हामीकहाँ आएका बिरामी सबैजसो निको हुनु भएको छ’, उनले सुनाए, ‘२५ घण्टाभित्र आउँनलाई हामीले उपचारको ग्यारेन्टी पनि लिएका छौं ।’ ४८ घण्टाभन्दा बढी समय लगाएर आए कम्तिमा ५० प्रतिशत निको हुने सम्भावना रहने उनको भनाई छ ।
सेतो पुतली आँखामा पसेको ७ दिनपछि पनि बिरामी आउँने गरेको उनले सुनाए । ‘यस्तोमा त आँखाको ज्योति बचाउँन सक्ने सम्भावना नै रहन्नँ’, उनले भने । सेतो पुतलीको सम्पर्कमा आएपछि जतिसक्दो छिटो उपचार गरि हाल्नुपर्छ । नत्र जहाँ गए पनि यस्को उपचार सम्भव नहुने उनले सुनाए । ‘सेतो पुतलीको आँखामा सम्पर्क आउँने बित्तिकै अस्पताल आउनुस्’, उनले भने, ‘जतिसक्दो तपाईं अस्पताल आउँनुहुन्छ त्यति नै यसको उपचार सम्भव छ ।’ दुई बालक र दुई वयस्क गरि जम्मा ४ बिरामी अस्पतालमा उपचारका लागि आएको उनले सुनाए । योवर्ष कास्की, पर्वत, तनहूँ र स्याङ्जा गरि ४ जिल्लाका ४ बिरामी देखिएको उनले सुनाए । संक्रमित ४ मध्ये पर्वतका संक्रमितलाई थप उपचारका लागि काठमाडौंमा पु¥याउनु परेको थियो । काठमाडौंमा अपरेसन पछि उनी पनि निको भएको डाक्टर महर्जनले जानकारी दिए । सापुको संक्रमण फेरि देखिन सक्ने उनको अनुमान छ । महर्जन हिमालय आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर हुन् ।
यसरी गुम्छ आँखाको ज्योति
सुरुमा आँखा बेस्सरी पोल्छ । त्यसपछि रातो हुँदै जान्छ । आँखा खोल्न गाह्रो हुन्छ,’ उनले भने, ‘सेतो पुतलिको झुस परेको एक, दुई घण्टाभित्रै आँखामा पिप जम्न थाल्छ । त्यो पिप छिटो भन्दा छिटो निकाल्नु पर्छ । नत्र आँखाको ज्योति नै गुम्छ ।सेतो पुतलीको आँखामा सम्पर्क हुने बित्तिकै उपचारमा गईहाल्नु पर्छ ।
के हो सापु ?
२०३२ सालमा पहिलो पटक पोखराको लामाचौरमा पहिलोपटक यो रोग भेटिएको थियो । आँखा रोग विशेषज्ञ मदनप्रसाद उपाध्यायले यो रोग पत्ता लगाएका थिए । दुई, तिन वर्षको अन्तरालमा देखिने सापुको बिरामी पहिलेको तुलनामा अहिले धेरै कम रहेको डाक्टर इन्द्रमान महर्जनले जानकारी दिए ।
बच्ने उपाय
सेतो पुतली सेतो बल्बको वरिपरी घुम्छ । साँझको समयमा बत्तिको वरिपरि सेतो पुतली देखिन्छ । रातो बत्तीको वरिपरि भने सेतो पुतली देखिन्न । उनले सुनाए, ‘सेतो पुतलि सेतो बल्बको वरिपरी मात्रै देखिन्छ । विशेषगरि साँझको समयमा देखिन्छ ।यसबाट बच्नको लागि सेतो बल्बको साटो रातो बल्ब बाल्यौ भने त्यो नै राम्रो उपाय हुन सक्छ । सुरुसुरुमा बच्चामा देखिन सापु १० वर्ष माथि उमेर समुहमा पनि देखिन थालेको छ ।अहिलेसम्म भेटिएका सापुका बिरामीमध्ये सेतो पुतलीकै सम्पर्कका कारण छन् । तर, के कारण आँखाको ज्योति गुम्छ भन्ने पत्ता लागि सकेको छैन । सेतो पुतलिमा के चिज हुन्छ जस कारण आँखाको ज्योती नै गुम्छ । त्यो पत्ता लागेको छैन । चिकित्सकका अनुसार सापुको उपचार भनेको नै आँखाभित्र जमेको पिप जति सक्दो सफा गरेर निकाल्नु हो । सापु के कारण हुन्छ भनेर पत्ता लगाउँन सापुका बिरामीको आँखामा जमेको पिप झिकेर परीक्षणका लागि विदेश पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->