शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

क्वारेन्टाइनमा लैजाँदै गर्दाआत्महत्या प्रयास गरेका बागलुङका नेपालीको बाटोमै मृत्यु

क्वारेन्टाइनमा लैजाँदै गर्दाआत्महत्या प्रयास गरेका बागलुङका नेपालीको बाटोमै मृत्यु


  • ढोरपाटन संवाददाता
  • असार १ २०७७, सोमबार

बागलुङ, १ असार – क्वारेन्टाइनमा लैजाँदै गर्दा पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ८ मा पर्ने चुवाको भिरबाट हामफालेर आत्महत्याको प्रयास गरेका एक युवाको मृत्यु भएको छ । भिरबाट हामफालेर गम्भीर घाइते भएका बाग्लुङ नगरपालिका–१३ का ३९ वर्षका चन्द्रबहादुर नेपालीको उपचारको लागि पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उनी सोमबार बिहान पोखरा–बाग्लुङ सडकमा बस रोकेको अवस्थामा भिरबाट हामफालेका थिए । सुनौलीबाट उद्धार गरी बाग्लुङतर्फ जाने क्रममा बस रोकेको मौका पारी भिरबाट हामफालेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->