शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा बुधबार २१ जना कोरोना संक्रमित थपिए

गण्डकीमा बुधबार २१ जना कोरोना संक्रमित थपिए

नवलपुर र पर्वतमा देखिएका संक्रमित सबै भारतबाट आएका


  • ढोरपाटन संवाददाता
  • असार ३ २०७७, बुधबार

बागलुङ, ३ असार– बुधबार पनि गण्डकी प्रदेशमा २१ जना कोरोना संक्रमित पुष्टि भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान सार्वजनिक गरेको संख्याअनुसार नवलपरासी सुस्ता पुर्व र पर्वतमा गरी २१ जना नयाँ संक्रमित भेटिएका हुन । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ ।
नयाँ भेटिएका संक्रमितमा पर्वतको फलेबास नगरपालिकाका १९ र २१ बर्षका दुई पुरुष र ४६ बर्षिय एक महिला गरी तीन जना रहेका छन् । त्यस्तै नवलपरासी सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, २४, २१ र १८ बर्षका गरी १४ जना पुरुष रहेका छन् । मध्यबिन्दु नगरपालिकाका १६ र ३० बर्षका पुरुष छन् । कावासोती नगरपालिकाका ३७ बर्षिय एक पुरुषलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिए । उनकाअनुसार एक जनाको ठेगाना खुलेको छैन । पर्वतमा तीन थपिएसँगै संक्रमितको संख्या २९ पुगेको छ । भारतबाट आइ क्वारेन्टाइनमा रहेका उनीहरुलाई कोरोना अस्थायी अस्पताल कुश्माको आइसोलेसनमा लैजाने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->