शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा एकैदिन २४ जना कोरोना संक्रमित थपिए

बागलुङमा एकैदिन २४ जना कोरोना संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • असार ५ २०७७, शुक्रबार

बागलुङ, ५ असार– शुक्रबार बिहानै बागलुङका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला पोखरा र जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा बागलुङका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशानलय पोखराका अनुसार, शुक्रबार बिहान बागलुङको गलकोट नगरपालिकाका ८ जना र काठेखोला गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा बागलुङ नगरपालिकाका ५ जना र ढोरपाटन नगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएका बागलुङ नगरपालिका वडा नम्बर १० भकूण्डेका ४ र बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरका एक जना रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->