शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा कोरोना संक्रमित १ सय १७ पुगे

बागलुङमा कोरोना संक्रमित १ सय १७ पुगे


  • ढोरपाटन संवाददाता
  • असार ७ २०७७, आइतबार

बागलुङ, ७ असार– बागलुङमा कोरोना भाइरसका संक्रमित १ सय १७ जना पुगेका छन् । आइतबार मात्रै बागलुङमा १४ जना थपिएकाका छन् ।
आइतबार पहिलो पटक जैमिनी नगरपालिकामा १ जना संक्रमित भेटिएका छन् । यस अघि जैमिनीमा संक्रमित थिएनन् । आइतबारै सबैभन्दा धेरै गलकोटमा ७ जना, काठेखोलामा ३ जना भेटिएका हुन् । ढोरापाटन नगरपालिकामा १ र बडिगाड गाउँपालिकामा एकएक जना संक्रमित भेटिएका हुन् ।
संक्रमितमध्ये काठेखोलाका संक्रमितलाई सदरमुकाम ल्याउने तयारी भईरहेको गाउँपालिका अध्यक्ष अमर थापाले बताए । गलकोटका संक्रमितलाई राख्न नरेठाँटीस्थित स्वास्थ्य चौकीमा आइसोलेसन वार्ड बनाइरहेको वडा नं. २ का अध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए ।
जैमिनीमा भेटिएका एकजनालाई तत्काल सदरमुकाम नल्याउने र दोश्रोपटकको पिसिआरपछि पनि पोजेटिभ देखिएमा मात्रै ल्याउने कुरा भएको प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले बताए । बडिगाड र बागलुङ नगरपालिकामा भेटिएका एकएक जनालाई पनि अहिलेसम्म कता राख्ने यकिन भएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->