सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जननिगरानी साप्ताहिकको तेस्रो बार्षिकोत्सव

जननिगरानी साप्ताहिकको तेस्रो बार्षिकोत्सव


  • ढोरपाटन संवाददाता
  • असार ७ २०७७, आइतबार

बागलुङ, ७ असार– गुहेली संचार सहकारी संस्थाद्वारा प्रकाशित जननिगरानी साप्ताहिकको तेस्रो बार्षिकोत्सव सम्पन्न भएको छ ।
बार्षिकोत्सव उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले संचारकर्मी र संचारमाध्यमले निगरानी गरिदिंदा जनप्रतिनिधिलाई सही निर्णय गर्न सहज हुने बताए । आलोचनाबाट डराउने जनप्रतिनिधिले काम पनि गर्न नसक्ने भन्दै उनले कामको निरन्तर खवरदारी गरिरहन पनि संचारकर्मीलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले संचारक्षेत्र चुनौतीका बीच अगाडि बढेको भन्दै कोरोना संक्रमणको कारण बिज्ञापन बजार घट्दा धेरै संचारकर्मीको रोजीरोटी मसेत धरापमा परेको बताए । उनले संचार माध्यमको दायरामा नआएका युट्युव र सामाजिक संजालबाट संचारकर्मी र संचारक्षेत्रको बदनामी भैरहेकोले सचेत हुने बेला आएको पनि बताए । उक्त अबसरमा सहकारीले गाउँपालिकालाई मास्क, सेनिटाइजर, सरसफाइका सामान र बाल्टी समेत सहयोग गरेको थियो । अध्यक्ष खिमबहादुर कार्कीले गाउँपालिका अध्यक्ष अमर थापालाई सामाग्री हस्तान्तरण गरे ।


सहकारीका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षता, सचिव सूर्य थापाको संचालन र सम्पादक नविन शिसिर बिकको स्वागतमा सम्पन्न कार्यक्रममा काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिक, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, भिमापोखरा युवा क्लबका अध्यक्ष मणीभद्र शर्मा, कार्यपालिका सदस्य टिकासंगम बिक लगायतले बोलेका थिए । काठेखोला गाउँपालिका बिशेष क्षेत्र र प्राथमिकतामा राख्दै जननिगरानी साप्ताहिकले जिल्ला र राष्ट्रकै समाचार संप्रेषण गर्दै आएको छ । साप्ताहिकले आफ्नो वार्षिकोत्सव पनि काठेखोला गाउँपालिका भवनमै पुगेर सम्पन्न गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->