बागलुङ, ९ असार– सोमबार राती बागलुङका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देनालय पोखराका अनुसार, बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका ७ जना र निसीखोला गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।
उनीहरु सबै भारतबाट आएर पालिकाले बनाएको क्वारेन्टाइनमा बस्दै आएकाहरु हुन् । कोरोना देखिएका ताराखोला गाउँपालिकाका ७ जना २१ देखि ३४ वर्ष उमेर समूहका रहेका छने भने निसीखोलामा कोरोना पुष्टि भएका एक ७ महिने बालक रहेका छन् ।
संक्रमण देखिएका निसीखोलाका ७ महिने बालक र ताराखोला गाउँपालिकाका ७ जना संक्रमित पुरुषहरुलाई कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा पालिकाहरुले अहिले छलफलमा जुटेका छन् ।





