सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सुमेघ ट्राभल्सद्वारा कोरोना कोषलाई ३० लाख प्रदान

सुमेघ ट्राभल्सद्वारा कोरोना कोषलाई ३० लाख प्रदान

सरकारको कोषलाई २०, बागलुङ र गलकोट नगरपालिकालाई ४/४ र ताराखोला गाउँपालिकालाई २ लाख रुपैयाँ सहयोग


  • ढोरपाटन संवाददाता
  • असार ९ २०७७, मंगलबार

बागलुङ, ९ असार– सुमेघ टुर्स ट्राभल्सले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि तीस लाख रुपैयाँ सहयोग गरेको छ । ट्राभल्सले नेपाल सरकारद्वारा स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २० लाख रुपैयाँ, बागलुङको बागलुङ नगरपालिका प्रकोप व्यवस्थापन कोषमा चार लाख रुपैयाँ, गलकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा चार लाख रुपैयाँ र ताराखोला गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा दुई लाख रुपैयाँ गरी तीस लाख रुपैयाँ सहयोग गरेको हो ।
संकटका समयमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग रकम हस्तान्त्रण गरेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । गलकोटमा जन्मीएर काडमाण्डौमा ट्राभल्स ब्यबसाय गरिरहेका व्यवसायी मेघ केसीले कोरोना रोकथामको लागि तीस लाख सहयोग गदैं संकटको समयमा सबैले हातेमालो गर्नुपर्ने सन्देश समेत दिएका छन् । आम नागरिक स्वयं सचेत बन्दै सबैले साबधानी अपनाउन आफुले सक्दो सहयोग र सहकार्य गरेको उनले बताए ।


सरकारले चैत ११ गतेदेखि बन्दाबन्दी घोषणा गरेपछि कम्पनीले जापानका लागि तीन वटा चार्टर्ड उडान समेत गरेको थियो । मे १५, १७ र २२ तारिखमा काठमाडौंबाट जापानको नारिता विमानस्थलमा गरिएको उडानबाट कम्पनीले ७ सय ६६ जना यात्रुलाई आफ्नो गन्तव्यमा पुर्याएको थियो । नेपाल आएका जापानी नागरिक, जापानमा कार्यरत तथा अध्ययन गरिरहेका नेपाली सहित नेपाल आएर भिषा सकिन लागेकालाई चार्टर्ड उडानबाट गन्तव्यमा पुर्याइएको थियो । चार्टर्ड उडानबाट जापान जानकालागि अनुमति दिएकोमा बिज्ञप्तीमा संस्थाले सरकारलाई धन्यवाद पनि दिएको छ । कम्पनीले नेपाल स्थित जापानी दूतावास, गैरआवासीय नेपाली संघ जापान, नेपाल वायु सेवा निगमको सहकार्यमा पनि काम गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->