– तस्बिर गुगलबाट
बागलुङ, ९ असार– सोमबार बेलुकी संक्रमण पुष्टी भएका बागलुङका ८ जनालाई सदरमुकामस्थित धौलागिरी बहुमुखी क्यामपसको प्रि–आइसोलेसनमा राखिने भएको छ ।
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले उनीहरुलाई सदरमुकाम ल्याउने काम भैरहेको बताए । सोमबार ताराखोलाका ७ जना र निसीखोलाका एकजनामा संक्रमण पुष्टी भएको थियो ।
ताराखोलाका ७ जनालाई मंगलवार दिउसो ल्याउन लागिएको हो । निसीखोलाका एक जना बालिका भने आइसोलेसनमै छिन् ।
७ महिनाकी ती बालिकाकी आमा संक्रमित भएकोले यसअघिनै आइसोलेसनमा थिइन् । उनको दोश्रोपटकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । तर डिस्चार्ज भएर जाने बेलामा छोरीको पोजेटिभ आएपछि फेरी आइसोलेसनमै बस्ने भएकी छिन् ।
सात महिनाकी बालिका भएकोले आँफू संक्रमण हुँदा पनि उनले छाड्न नसकेर ल्याएकी थिइन् । अहिले आँफू निको भएपछि छोरीमा संक्रमण देखिएकोले फेरी उनी समेत बस्नेछिन् ।
धौलागिरी बहुमुखी क्यामपसमा बसेका मध्ये सोमबार ११ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका थिए । उनीहरु गएपछि खाली भएकै स्थानमा सोमबार पुष्टी भएका हरु आउनेछन् । ताराखोलाले ३ बेड आइसोलेसन बनाएको थियो । त्यहाँ एक जना संक्रमित छन् । आबस्यक परेमा ३ बेड थपेर ६ वटा बनाउने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।





