शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

धौलागिरि बहिरामा ५० बेडको आइसोलेसन विस्तार

धौलागिरि बहिरामा ५० बेडको आइसोलेसन विस्तार


  • ढोरपाटन संवाददाता
  • असार ११ २०७७, बिहिबार

बागलुङ, ११ असार– जिल्लाका बिभिन्न स्थानमा तयार गरिएका आईसोलेसन भरिएपछि यहाँको धवलागिरी बहिरा आवासिय माविमा आईसोलेसन बिस्तार गरिएको छ । बागलुङ नगरपालिका–१ रामरेखास्थित विद्यालयमा नगरपालिकाले ५० शैयाको आईसोलेसन बिस्तार गरेको हो ।
धौलागिरी अस्पताल बागलुङमा रहेका २४, धौलागिरी बहुमुखी क्याम्पसमा रहेका ५१, गलकोट नगरपालिकाको नरेठाँटीमा रहेका २१, ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा रहेका २५ शैया भरिएपछि रामरेखामा आईसोलेसन बिस्तार गरिएको हो ।
अस्पताल बाहिर बनेका सबै प्रि–आईसोलेसन हुन् । जिल्लाभर अहिलेसम्म १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २३ जना घर फर्केका छन्भने बाँकी १ सय १८ जना बिभिन्न आईसोलेसनमा उपचाररत छन् । धौलागिरी अस्पतालमा १९ जना, क्याम्पसमा ४५, बुर्तिबाङर नरेठाँटीमा १७÷१७ जना रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
आईसोलेसन तयार नभएका स्थानीय तहका संक्रमितलाई व्यवस्थापन गर्न सदरमुकाममा पर्याप्त शैया नभएपछि बहिरा विद्यालयलाई प्रयोग गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । बहिरा विद्यालयको क्षमता भरिए विद्यामन्दिर माध्यमिक विद्यालयमा आईसोलेसन विस्तारको तयारी छ ।


अन्तरपालिका समन्वय समिति अनुसार, जिल्लाकै ठूलो नगरपालिका र स्वास्थ्यकर्मीको पहुँचका आधारमा बागलुङले आईसोलेसन तयार गरेको हो । नगरकै स्वास्थ्य शाखाका कर्मचारीको सक्रियतामा बनेको आईसोलेसनमा बिरामीको रेखदेख र उपचारमा समेत नगरपालिकाले आफ्ना स्वास्थ्यकर्मी खटाएको छ ।
बरेङमा बुधबार पुष्टी भएका ८ जनालाई बहिरा विद्यालयको आइसोलेसनमा राखिएको छ । जिल्लाकै ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा थप २५ शैया र गलकोट नगरपालिकाको हटिया बजारमा २ शैयाको आईसोलेसन बिस्तारको काम चलिरहेको स्थास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
जिल्लाभर भारतबाट आएर क्वारेन्टाईनमा बसेका १ हजार ४ सय ८१ जना छन् । हालसम्म क्वारेन्टाईनमा बसेकाको परीक्षणका क्रममा आएको नतिजा हेर्दा संक्रमितको संख्या बढ्न सक्ने भएकाले आईसोलेसन बिस्तार थालिएको हो । हालसम्म जिल्लाभर २ हजार ३ सय ७० जनाको मात्रै पिसिआर टेष्ट भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->