शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हाइअल्टिच्युट खेल मैदानको लागि ५० लाख विनियोजन

हाइअल्टिच्युट खेल मैदानको लागि ५० लाख विनियोजन

महानगरको प्रतिनिधित्व गर्ने खेलाडिलाई सम्मान गरिने


  • ढोरपाटन संवाददाता
  • असार १२ २०७७, शुक्रबार

पोखरा, १२ असार– पोखरा महानगरले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । पोखरा महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा पोखरा वडा नं.२० मा बन्न लागेको हाइअल्टिच्युट खेल मैदान निमार्णलाई निरन्तरता दिँदै ५० लाख रुपैँया बजेट विनियोजन गरेको छ । महानगरका उपप्रमुख मञ्जु गुरुङले बजेट प्रस्तुत गर्दै उक्त रकम छुट्ट्याएको बताइन् । बजेट तथा कार्यक्रम सार्वजानिक गर्दै उपप्रमुख गुरुङले ‘वडा नम्बर २० मा हाइअल्टिच्युट खेल मैदान निर्माण निरन्तरताको लागि ५० लाख बजेट विनियोजन गरेको छु’, उनले भनिन् । यस्तै महानगरले युवा परिषद् तथा खेलकुद विकास समिति गठन र संचालन गर्नको लागि आवश्यक बजेटको समेत व्यवस्था गरेको छ भने स्वास्थ्यका लागि व्यायाम लाई यस वर्ष पनि निरन्तरता दिदैँ महानगरका विभिन्न १० स्थानमा व्यायाम सामग्री जडान गर्नलाई आवश्यक बजेट छुट्टयाएको छ । त्यस्तै महानगरले म्याराथनको लागि समेत बजेट व्यवस्था गरेको छ ।
तर पोखरामा हुने नवौ राष्ट्रिय खेलकुदको लागि भने महानगरले कुनै बजेटको व्यवस्था गरेको छैन । गण्डकी प्रदेशको आयोजनामा हुने नवौँको अधिकांश खेल पोखरामा नै हुने छन् । त संघ र प्रदेश सरकारले बजेट विनियोजन गरेपनि महानगरले भने कुनै रकम विनियोजन नगरेको हो ।
महानगरको प्रतिनिधित्व गर्ने खेलाडिलाई सम्मान गरिने

यस्तै बुधवार नै प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा महानगरको प्रतिनिधित्व गर्ने खेलाडिलाई सम्मान गर्ने योजना ल्याइएको छ । महानगरका प्रमुख मानबहादुर जिसिले सार्वजानिक गरको नीति तथा कार्यक्रममा खेलाडीलाई सम्मान बताइएको छ । तर महानगरको प्रतिनिधित्व गरेर खेल्ने कस्तो खेल भनेर समेटिएको छैन । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको खेलमा प्रतिनिधित्व गर्ने वा क्षेत्रीय खेलमा नै प्रतिनिधित्व गर्नेलाई हो त्यो भने छुट्टिएको छैन । कार्यक्रममा समावेश भए अनुसार जिल्ला स्तरीय खेल देखि नै सम्मान गर्ने देखिएको छ । त्यस्तै महानगरस्तरीय खेलकुद विकास समिति समेत गठन गर्ने कार्यक्रममा समावेश गरिएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरका प्रमुख जिसीले ‘महानगरको प्रतिनिधित्व गर्ने खेलाडीहरुको हौसला प्रदान गर्न पुरस्कार र सम्मानको व्यवस्था गरिने छ’,भनेका हुन् ।
आर्थीक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा उक्त विषयलाई समावेश गरिएको हो । साथै महानगरले खेल पुर्वाधार निर्माण स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । पोखरा महानगरका प्रमुख मानबहादुर जिसिले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै खेलकुदको विकास गर्न उक्त समिती गठन गर्न लागिएको बताए ।
‘खेलकुदको विकास गर्न विधमान खेलकुद कानुनलाई समय सापेक्ष बनाइने छ । महानगरीय खेलकुद विकास समिती गठन गरिने छ’, उनले भने‘ पोखरा महानगरलाई खेलकुदको सहरका रुपमा विकास गर्न नेपाल सरकार र प्रदेश सरकारको सहकार्यमा राष्ट्रिय, स्थानिय र अन्तराष्ट्रिस्तरका खेलपुर्वाधार निर्माण र भएका पुर्वाधारको स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइने छ । ‘स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रीयस्तरका प्रतियोगिता संचालन गर्न प्रोत्साहन तथा सहजीकरण गरिने छ । एक वडा एक खेल मैदानलाई निरन्तरता दिइनेछ । महानगरको प्रतिनिधित्व गर्ने खेलाडीहरुको हौसला प्रदान गर्न पुरस्कार र सम्मानको व्यवस्था गरिने छ । स्वास्थ्यका लागि व्यायाम कार्यक्रमलाई अभियानको रुपमै टोल टोलमा संचालन गरिने छ’, नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->