शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका १२ जना संक्रमितले कोरोना जिते

बागलुङका १२ जना संक्रमितले कोरोना जिते


  • ढोरपाटन संवाददाता
  • असार २२ २०७७, सोमबार

बागलुङ, २२ असार– आइसोलेसनमा उपचार गराइरहेका बागलुङका १२ जना कोरोना संक्रमित निको भएका छन् । उनीहरुको सोमबार कोरोना रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पतालका प्रमुख डा. शैलेन्द्र पोखरेलले बताए ।
अस्पतालको आइसोलेसन र धौलागिरी बहुमुखी क्यामपसको प्रि–आइसोलेसनमा उनीहरु बसेका थिए । सोमबार निको हुनेमा ८ जना अस्पताल र ४ जना क्याम्पसको आइसोलेसनका रहेका छन् । तीमध्ये काठेखोला गाउँपालिकाका ५ जना, बागलुङ, गलकोट नगरपालिका, ताराखोला गाउँपालिकाका दुई÷दुई जना र बरेङ गाउँपालिकाका १ जना रहेका छन् । डिस्चार्ज भएकामध्ये अधिकांस दुई साता र दुईजना तीन साता आइसोलेसनमा बसेका थिए ।
बागलुङमा अहिलेसम्म १ सय १५ जना कोरोना संक्रमित निको भएका छन् । गण्डकी प्रदेश सरकारले नेगेटिभ रिपोर्ट नआएसम्म डिस्चार्ज नगर्ने नीति लिएपछि सबैको नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गरिएको डा. पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->