शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संघ विधिवत रुपमा नचलेको निष्कर्ष, कार्यालय तत्काल खोल्न निर्देशन

संघ विधिवत रुपमा नचलेको निष्कर्ष, कार्यालय तत्काल खोल्न निर्देशन

कास्की फुटबल संघ छानविन प्रकरण


  • ढोरपाटन संवाददाता
  • असार ३० २०७७, मंगलबार

पोखरा, ३० असार– कास्की जिल्ला फुटबल संघ(कास्की एन्फा) विधिवत रुपमा नचलेको छानविन समितिले निष्कर्ष निकालेको छ । संघले आर्थिक अनियमितता गरेको भन्दै संघमाथि छानविनमा खटिएको ३ सदस्यीय समितिले प्रतिवेदन तयार पारेसँगै संघलाई ३ वटा निर्देशन दिएको छ । ११ दिन देखि सुरु गरिएको छनविनको टुङ्गो लगाउँदै समितिले तत्कालै विधिवत् रुपमा संघको कार्यालय स्थापना गरी २०७५ सालमा पोखरामा भएको मनकामना केबलकार पोखराकपको आयव्यय १५ दिन भित्र सार्वजानिक गर्न निर्देशन दिएको छ । पोखरा रंगशालामा निमार्णधिन अवस्थामा रहेको फुटबल रंगशालामा संघ रहेपनि हाल फुटबल मैदान निमार्णाधीन अवस्थामा रहेकाले संघको कार्यालय छैन ।
‘हामीले संघलाई ३ वटा निर्देशन दिएका छाँै, निर्देशनको पालना भएन भने कारबाही हुन्छ छानविनको प्रतिवेदन तयार पारेका छाँै, बाँकी कारबाही केन्द्रले (एन्फा) गर्नेछ’, अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष एवम् छानविन समिति संयोजक वीरबहादुर खड्का (बच्चु) ले भने । छानविन समितिले संघको तत्काल कार्यालय खोल्न, मनकानमा केबलकार पोखराकपको तत्काल अधिवेशन बसी आयव्यय सार्वजानिक गर्न र महेन्द्र गुरुङको संयोजकत्वमा घाटा रकम तिर्नको लागि समिति गठन गरी रकम तिर्न निर्देशन दिएको हो ।
समितिले विभिन्न ६ विषयलाई लिएर छानविन गरेको थियो । छानबिनको मुख्य विषय भनेकै २०७५ सालमा भएको मनकामना केबलकार पोखरा कप रहेको थियो । जसको आर्थिक गतिविधि आयव्यय सार्वजानिक हुन सकेको थिएन । कुनै पनि संस्थाले प्रतियोगिता सञ्चालन गरेपश्चात त्यसको ६ महिना भित्र आयव्यय सार्वजानिक गर्ने प्रावधान रहेको छ । तर, एन्फा कास्कीले भने २ वर्षसम्म पनि आयव्यय सार्वजानिक गरेको छैन । प्रतियोगिता सञ्चालनका दौरान २९ लाख १७ हजार २ सय ९० रुपैँया नोक्सान भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतियोगिता सञ्चालन गर्दा ९२ लाख ९८ हजार १ सय ६५ रुपैँया खर्च भएको थियो भने ६३ लाख ८० हजार ८ सय ७४ रुपैँया आम्दानी भएको थियो । एन्फा कास्कीले विभिन्न ३७ पार्टीहरुलाई (व्यवसायीहरु) २४ लाख ९८ हजार ९ सय १४ रुपैँया तिर्न बाकिँ रहेको छानविन समितिका संयोजक खड्काले जानकारी दिए । ‘हामीले निष्पक्ष रुपमा छानविन गरेका छौँ र प्रतिवेदन तयार पारेका छाँै । कसैको पनि दबाब र प्रलोभनमा नपरी प्रतिवेदन तयार गरिएको छ’, उनले भने,‘ करिब २०–२२ बँुदे प्रतिवेद तयार भएको छ, विभिन्न ६ विषयलाई लिएर छानबिन गरिएको हो ।’ उनका अनुसार समितिले प्रदेश लिगको पनि विजेता, उपविजेता तथ रेफ्रीलाई रकम दिन निर्देशन गरेको छ । कास्की एन्फामा आर्थिक अनियमितता भएको उजुरीको आधारमा असार २ गते एन्फा केन्द्रको आकस्मिक बैठकले छानविन समिति गठन गरेको थियो । यस्तै छानबिन समितिले प्रतियोगिताबाहेक अन्य कास्की जिल्ला लिग फुटबल प्रतियोगिता, अन्तर विद्यालय फुटबल प्रतियोगिता (जिल्ला), अन्तर विद्यालय फुटबल प्रतियोगिता (प्रदेश), अन्तर विद्यालय फुटबल प्रतियोगिता पुरुष र अन्तरविद्यालय फुटबल प्रतियोगिता महिला तथा प्रदेशस्तरीय रेफ्री कोर्षको छानविन गरी प्रतिवेदन तयार पारेको हो । मनकामना कपबाहेक अन्य शीर्षकमा भने हिसाबकिताब सबै ठीक देखिएको उनले बताए । छानविन समितिकै पदाधिकारी एवम् एन्फाका चाटर्ड एकाउन्टेण्ट विष्णुप्रसाद पराजुलीले संस्था विधिवत रुपमा चलेको नदेखिएको बताए । संस्थाले अधिवेशन तथा दर्ता नविकरण समेत नगरेको बताए । ‘संस्था विधिवत् रुपमा चलेको देखिएन् । केही बिल भरपाईमा प्रक्रिया पु¥याएको देखिएन’,पराजुलीले भने,‘ २० हजार माथिको बिल भ्याटमा जानपर्ने तर केही विल त्यस्तो देखिएन, त्योबाहेक अन्य केही देखिएको छैन । संस्थाले सुधार गर्नुपर्ने र कमीकमजोरीहरु हामीले प्रतिवेदनमा उल्लेख गरेका छौँ ।’ छानविनको समयमा संघका पदाधिकारीले राजीनामा माग्ने जस्ता कुरा आए पनि त्यो विषय नउठेको उनले बताए । प्रत्येक वर्ष संघको हिसाव किताब सम्पादन गर्न पर्ने भएपनि त्यसो नगरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । उपाध्यक्ष खड्काको संयोजकत्वमा गठित छानबिन टोलीमा विष्णुप्रसाद पराजुली (चाटर्ड एकाउन्टेण्ट) र आनन्द रन्जित(पूर्वअध्यक्ष कास्की जिल्ला फुटबल संघ) रहेका थिए । छानविन समितिले प्रतिवेदन बुधबार भित्र केन्द्रमा बुझाउने छन् । केन्द्रले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाहीको प्रक्रिया थाल्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->