पोखरा, २ साउन – पोखरा चेम्बर अफ कमर्स, कास्कीअन्तर्गत खगेन्द्र क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय खेलकुद विभाग गठन गरिएको छ । विभागको अध्यक्षतामा क्षेत्री, उपाध्यक्षमा सुमन श्रेष्ठ, महासचिवमा अर्जुन परियार, सचिवमा सुविन तिमिल्सिना चयन भएका छन । त्यस्तै सदस्यहरुमा पूर्ण गुरुङ, बलबहादुर गुरुङ, प्रदिप गुरुङ, अनिमेस शाही, निर्मल क्षेत्री, सौगात पहारी र ध्रुव के।सी। चयन भएका छन ।
पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष किसान सुनारले निजी क्षेत्रको भूमिकाले खेलकुदको विकास भएको बताउदै बिग हाउसहरुले प्रयोजन गरेर खेलकुदका क्लबहरु विकास भएको उल्लेख गरे । निजी क्षेत्रले खेलाडीहरुलाई गोलबन्द गर्ने बताए । खेलक्षेत्रको व्यवसायिकरण र विकासको लागि निजी क्षेत्र सक्रियतापूर्वक लग्दै कोरोनाको कारण सुरक्षा र स्वास्थ्य सतर्कता अपनाएर जिम हाउस, फुटसल, स्विमिङ पुलहरु खोल्नुपर्ने बताए । चेम्बरले कास्कीमा जिम हाउस टे«डिङ सेन्टर जुम्बा, प्याराग्लाइडिङलगायतका क्षेत्रमा लगानी प्रवद्र्धनका साथै उनीहरुको क्षमता विकासको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।




