शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ नगरका एक कर्मचारीको पिसिआर शंकास्पद

बागलुङ नगरका एक कर्मचारीको पिसिआर शंकास्पद


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०७७, आइतबार

बागलुङ, ४ साउन– बागलुङ नगरपालिकका एक जना उच्च पदस्थ कर्मचारीको पिसिआर रिपोर्ट दुई पटकसम्म अस्पष्ट आएको छ । उहाँले गरेको पिसिआर रिपोर्टमा पोजेटिभ देखिएपछि फेरी स्वाब संकलन गरेर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । ती कर्मचारीले असार मसान्तको काम सकेर घर जान खोजेका थिए । घर जानका लागि स्वास्थ्यकर्मीले आरडिटी गर्न सुझाव दिएका थिए । तर, उनले पिसिआर नै गर्नै खोजेपछि स्वाब संकलन गरेर पठाइएको थियो । दुइ पटकसम्म शंकास्पद रिपोर्ट आएपछि उनको तेश्रो पटक स्वाब संकलन गरिएको हो । रिपोर्टमा नेगेटिभ नदेखिएपछि यात्रा गर्न संभव नभएको र उनलाई सुरक्षित राखिएको छ । ‘कहिलेकाँही मात्रा कम भएर पनि त्यस्तो हुन सक्छ’ खनालले भने, ‘त्यसैले फेरी संकलन गरेर पठाएका छौं, सोमबार दिउँसोसम्म रिपोर्ट आउन सक्छ ।’ उक्त शंकास्पद रिपोर्टपछि नगरपालिकामा उच्च सर्तकता अपनाइएको छ । ती कर्मचारीको कन्टयाक्ट ट्रेसिङमा रहेका बागलुङ नगरपालिकाका २८ जना कर्मचारी र एक जना जनप्रतिनिधिको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरी आइतबार नै पोखरा पठाईएको छ । शंकास्पद रिपोर्ट आएका ती कर्मचारीको सम्पर्कमा रहेका एक जनालाई धौलागिरि अस्पतालको आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->