शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बीपी स्मृति दिवशमा हरेक वर्ष वृक्षारोपण

बीपी स्मृति दिवशमा हरेक वर्ष वृक्षारोपण


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०७७, मंगलबार

बागलुङ, ७ साउन– मंगलबारै जिल्लाका अधिकांस पालिका र स्थानमा वृक्षारोपण गरेर ३८ औं बीपी स्मृति दिवश मनाइएको छ । दिवश मनाएर कांग्रेसका अगुवाहरुले बीपीको सिद्धान्तलाई पालना गर्न नसकेकै कारण कांग्रेस पछि परेको धारणा राखे । उनीहरुले आगामी निर्वाचनमा बहुमत ल्याउन कांग्रेसले आजैदेखि बीपीको सिद्धान्त र उनकै जस्तो त्याग र संघर्ष हरेक कार्यकर्ताले गर्नुपर्ने बताए ।
‘बीपीले देखाएको बाटोमा हामी अझै हिड्न सकेका छैनौ, अब सबै मिलेर बीपीको सपना पुरा गरौं’ सभापति दिपेन्द्र थापाले भने, ‘बिरुवा रोपेर मात्र नभइ निस्वार्थ काम गर्ने अबस्था आयो भने बीपीले चाहेको राष्ट्र बन्ने छ ।’ बीपी पार्कलाई व्यवस्थित बनाउन कार्यकर्ताले पैसा संकलन गरेर व्यवस्थापनको काम थाल्ने समेत थापाले बताए । मंगलबारै बीपी चिन्तन प्रतिष्ठानले जैमिनी नगरपालिकामा नेपालको वर्तमान राजनीतिक परिवेश र बीपी बिचार बिषयक अनलाइन अन्तरक्रिया पनि सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->