सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सामाजिक सञ्जालका विचारको विज्ञप्तीमार्फत प्रतिवाद !

सामाजिक सञ्जालका विचारको विज्ञप्तीमार्फत प्रतिवाद !


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०७७, मंगलबार

बागलुङ, ६ साउन– नगर कार्यपालिकाका कर्मचारीको कोरोना परीक्षणको रिपोर्ट शंकास्पद आएको भन्दै सामाजिक सञ्जालमा व्यक्त विचारको विषयलाई लिएर बागलुङ नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । केही सञ्चारमाध्याम र सामाजिक सञ्जालमा आएका विचारहरुले काम गरिरहेका कर्मचारीको मनोवल गिराउने काम गरेको भन्दै नगरपालिकाले विज्ञप्तीमार्फत ध्यानाकर्षण भएको जनाएको छ ।
केही दिनअघि नगर कार्यपालिकाको कार्यालयमा काम गर्ने एक उच्च पदस्त कर्मचारीको कोरोना जाँचको नजिता शंकास्पद आएपछि प्रादेशिक प्रयोगशालाले उनको दोस्रो पटक स्वाव संकलन गरेर पुनः जाँच गरेको थियो । उनीसहित नगरपालिकाका २८ जना कर्मचारीको स्वाव संकलन भएकोमा २६ जनाको नतिजा नेगेटिभ आएपछि नगरपालिकाले सामाजिक सञ्जालमा व्यक्त विचारको विज्ञप्तीमार्फत प्रतिवाद गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->