सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

रोटरी र रोट्रयाक्टको पदस्थापन, अध्यक्षमा शर्माद्धय

रोटरी र रोट्रयाक्टको पदस्थापन, अध्यक्षमा शर्माद्धय


  • ढोरपाटन संवाददाता
  • साउन १० २०७७, शनिबार

बागलुङ, १० साउन– रोटरी क्लब अफ बागलुङको १५ औं र रोट्रयाक्ट क्लब अफ बागलुङको १० औं पदस्थापन सम्पन्न भएको छ ।
शनिवार आयोजित पदस्थापनमा रोटरीका एसिस्टेन्ट गर्भनर बिष्णुहरी निमिल्सिनाले युवाहरुको सामाजिक, राष्ट्रिय र अन्तराष्ट्रिय मूल्य उचो बनाउन रोटरी सहयोगी भएको बताए । उनले अन्तराष्ट्रिय क्षेत्रमा नेपालीले सामाजिक सेवामार्फत योगदान गर्न सक्छन् भन्ने रोटरी क्लबबाट बुझ्न पाएको समेत बताए । उनले युवालाई सतमार्गमा हिंडाउन र सामाजिक सेवामा अग्रसर बनाउन रोटरी स्थापना गरिएको समेत बताए । १५ बर्षअघि बागलुङमा रोटरी गठन भएको थियो ।
शनिबार दयाराम पौडेलको अध्यक्षतामा रोटरी क्लबको नयाँ कार्यसमिति चयन भएको छ भने ताराप्रसाद शर्माको अध्यक्षतामा रोट्रयाक्ट क्लबको पुर्नगठन भएको छ । पौडेललाई निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा र ताराप्रसाद शर्मालाई निर्वतमान सुमित शाहीले पद हस्तान्तरण गरेका थिए ।
पौडेलको अध्यक्षतामा गठित समितिमा आगामी अध्यक्ष जानकी केसी र प्रस्तावित अध्यक्षमा संजयकुमार श्रेष्ठ रहेका छन् । सचिवमा रामकृष्ण शर्मा, सह–सचिवमा नारायण गौतम र कोषाध्यक्षमा पुनम शर्मा छन् ।
शर्माको अध्यक्षतामा गठित समितिमा आगामी अध्यक्ष शिवबहादुर केसी, प्रस्तावित अध्यक्ष झोकेन्द्र थापा, उपाध्यक्षमा साधना पन्त, सचिवमा सुस्मिता केसी, कार्यक्रम संयोजक सौरभ केसी, कोषाध्यक्षमा सुनिल गौतम, सह–सचिव किशोर सापकोटा र सह–कोषाध्यक्षमा जुनु केसी छन् । त्यस्तै, निर्देशकमा तारा केसी, शिव शर्मा, बिरोध क्षेत्री र किशोर खड्का छन् । कार्यक्रममा पूर्व अध्यक्षहरुले समितिलाई बधाई र शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->