बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मौलिक तीज गीत ‘चरी भरर’ बजारमा

मौलिक तीज गीत ‘चरी भरर’ बजारमा


  • कृष्ण संयोग
  • साउन १४ २०७७, बुधबार

बागलुङ, १४ साउन– कलाकार जीतनभाई श्रीसले आफ्नो नयाँ सांगीतिक कोशेली ‘चरी भरर’ बजारमा ल्याएका छन् । हरीतालिका तीजलाई लक्षित गरेर मौलिक तीज गित बजारमा आएको हो । युट्युव च्यानल मार्फत बजारमा आएको गीत धेरै दर्शक स्रोताको नजरमा परेको छ । कामको शिलशिलामा दक्षिण कोरीयामा रहेका श्रीसले मौलिक लय तथा शव्दमा बनेको गीत बजारमा ल्याएको बताएका छन् ।
श्रीसको उत्कृष्ट लय तथा शव्द रचनामा गायक शितल गुरुङ र चर्चित गायीका अमृता नेपालीको सुमधुर स्वर भरेका छन् । गीतको म्युजिक भिडियो जीतन भाई श्रीसको अफिसियल युट्युव च्यानलमा रिलिज भएको हो ।
विनोद बाजुरालीको संगीत संयोजन, दुर्गा पौडेलको निर्देशन, माधव श्रेष्ठको सह–निर्देशन र नविन घर्ति मगरको सम्पादनमा तयार भएको उक्त भिडियोमा चर्चित मोडेल सारिका केसी, महेन्द्र गौतम, सारदा गिरी –काली आमा) लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->