बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

के हो हर्निया ? यसको लक्षण र उपचार

के हो हर्निया ? यसको लक्षण र उपचार


  • कृष्ण कुमार सैजु
  • साउन १६ २०७७, शुक्रबार

परिवर्तित जीवनशैली, वातावरण, खानपान आदिका कारण हर्निया रोग तीव्र गतिमा फैलिरहेको छ । जब शरीरको कुनै भाग फुल्दै आउँछ, असहृय पीडा र पीडा पनि रोकी–रोकी हुन्छ भने यो हर्नियाको सामान्य लक्षण हो ।
यदि सही समयमा यसको उपचार भएन भने यो गम्भीर समस्या हुन सक्छ । त्यसैले यदि तपाईंले पनि आफ्नो शरीरमा त्यस्ता कुनै लक्षणहरु देख्नु भएको छ भने तुरुन्त चिकित्सकलाई देखाउनु पर्छ, जसका कारण स्थिति गम्भीर हुन पाउँदैन ।
के हो हर्निया ?
छालाबाहिर मांसपेशीको थुम्को देखिने या हाम्रो शरीरका केही अंग सतहभन्दा माथि उठ्ने समस्यालाई नै हर्निया भनिन्छ । हर्निया शरीरको जुनसुकै भागमा हुनसक्छ । उदाहरणका लागि पेटको भित्रपट्टिको कमजोर पत्रलाई छेडेर मांसपेशी सतहबाहिर उठ्ने ।
हर्निया विशेषगरी पेटमा हुने रोग हो । नाइटो र कम्मर आसपासका ठाउँमा पनि यस्तो समस्या हुन्छ । अधिकांश हर्निया सुरुवाती समयमा त्यति खतरनाक लाग्दैन । तर, यसको उपचार चाहिँ जरुर गर्नुपर्छ । नत्र यसबाट बच्न सर्जरीको विकल्प हुँदैन । हर्नियाको लक्षण यसको प्रकारअनुसार देखा पर्छ । हर्निया पाँच प्रकारका हुन्छन् । तर, तीन प्रकारका हर्नियालाई विशेष प्रकारले हेरिन्छ ।
हर्नियाका लक्षण
इनगुइनल हर्निया
ग्राोइन अर्थन जहाँ इनगुइनल हर्नियाको विकास हुन्छ, त्यहाँको केही भाग बाहिर निस्कन लागेको महसुस हुन्छ, जुन भाग सुन्निन्छ पनि । जसले गर्ने मानिसलाई जलन हुन्छ । यदि गह्रौँ तौल उठाएका कारण हर्निया भएको हो भनेचाहिँ दुखाइको मात्रा अत्यधिक हुन्छ ।
पेटको टुक्रा ओमेन्टम हर्नियाको गुफामा फसेपछि समस्याले विकराल रूप लिन थाल्छ । यसलाई अंग्रेजीमा इनकारसेरेटेड हर्निया पनिभनिन्छ । यस्तो बेला पेट फुल्न थाल्छ अनि सर्जरीको अवस्था सिर्जना हुन्छ । किनकि, यसकै कारण रगतको आपूर्ति नै रोकिन सुरु हुन्छ । र, हर्निया स्ट्रागुलेटेड हुन थाल्छ । जसका कारण अत्यन्त दुख्नुका साथै बान्ता हुने, ज्वरो आउनेलगायतका लक्षण देखिन्छन् ।
हाइटल हर्निया
हाइटल हर्नियाले सुरुको अवस्थामा त्यति गम्भीर लक्षण देखाउँदैन । जब हर्निया स्लाइडिग हुन्छ तब पेटको पाचन प्रणालीमा समस्या देखिन थाल्छ । गेस्ट्रोसोफेगल रिफ्लक्सका कारण सुत्दा जलन हुने, पेटको माथिल्लो भाग दुख्ने, बान्ता हुने लक्षण देखा पर्छ । त्यस्तै, पेटदेखि घाँटीसम्म एसिड आउने भएकाले घाँटी अमिलो भएको महसुस पनि भइरहन्छ ।
स्पोर्टस् हर्निया
स्पोर्टस् हर्नियाका कारण ग्रोइन या पेट फाट्ने वा असामान्य तनावको अवस्था सिर्जना हुन्छ । हर्निया भएको अंग आसपासको भाग दुख्ने गर्छ । यसले मांसपेशी र लिगामेन्टलाई नरम पनि बनाउँछ ।
उपचार
यसलाई औषधीले काम गर्दैन । पीडा हुँदा पेन किलर खान सक्नुहुन्छ । धेरै नै दुख्यो भने ट्रामडल खान सक्नुहुन्छ । तर पेनकिलरको प्रयोग निकै कम मात्रामा गर्नुपर्छ र कुनै पनि औषधी खानुपुर्व डाक्टरको सल्लाह भने अनिवार्य रूपमा लिनुपर्छ ।
पीडाबाट छुटकारा पाउनका लागि हट वाटर ब्यागले सेक्नुहोस् । यसले मांसपेशी रिल्याक्स हुन्छ र पीडा पनि कम हुन्छ ।
यो स्ट्रक्चरल डिफेक्ट भएका कारण शल्यक्रिया आवश्यक छ । शल्यक्रिया सुरुमा नै गराउँदा राम्रो नत्र यसको आकारमा वृद्धि भएर थप समस्या निम्त्याउँछ ।
हर्निया हुन नदिन
–तौललाई नियन्त्रणमा राख्नुहोस् । आफूले सोचेको तौलको पाँच किलोभन्दा बढि बढ्न नदिनुहोस् ।
–पौष्टिक खाना खानुहोस् । प्रोटिन डाइट लिनुहोस् ता कि मांशपेसी बलियो होस् ।
–धुम्रपानबाट टाढै रहनुहोस् । यसले खोकी निम्त्याउँछ । लामो समयसम्मको खोकी हर्नियाको कारण बन्न सक्छ ।
–पिसाबसम्बन्धि रोग लाग्न नदिन पर्याप्त पानी पिउनुहोस् ।
–धैरै तौल नउचाल्नुहोस् । जसले अत्यधिक व्यायाम गर्नुहुन्छ उनीहरुले सपोर्ट लिनुहोस् ।
–एकै पटक अत्यधिक र चाँडै चाँडै सिँढी नचढ्नुहोस् ।
–पेटलाई बलियो बनाउने व्यायाम र योग गर्नुहोस् ।
हामीले केहि सम्बन्धित थप जानकारी दिएका छौ
पित्ताशयको थैली शल्यक्रिया गर्नु भएको छ भने यस्तो खानपान गर्नुपर्छ, पित्ताशयमा पत्थरीको समस्या धेरैलाई हुने गर्छ । प्रत्येक दशमध्ये एक व्यक्तिमा देखिने यो आम समस्या हो । त्यसैले पित्ताशयमा पत्थरी हुँदैमा आत्तिहाल्नु पर्दैन । तर कतिपय व्यक्ति यस्ता पनि छन्, जो पित्ताशयमा पत्थरी भएपछि खानपानलाई लिएर चिन्तित हुनेगर्छन् । उनीहरु सोच्छन्, पित्ताशयमा पत्थरी भएपछि शल्यक्रिया गर्नुपर्छ । र, शल्यक्रिया पश्चात्त खानपानमा सावधानी अपनाउनु पर्छ ।
शल्यक्रियापछि पनि के खाने, के नखाने
चिकित्सकहरुका अनुसार शल्यक्रिया गरेर पित्ताशयलाई हटाएपछि पनि मानिसले सामान्य जीवन बाँच्न सक्छन् । आफूलाई मन परेको प्रत्येक खानेकुरा खान सक्छन् । बस्, तारेको, भुटेको खानेकुरा भने कम सेवन गर्न पर्छ ।
कसरी ?
सामान्यतया पित्ताशयको थैलीमा पत्थरी भएमा पित्ताशयलाई हटाइने गरिन्छ । अंग्रेजीमा गल व्लाडर भनिने पित्ताशय शरीरको माथिल्लो भागमा हुन्छ । यो सानो नासपाती आकारको हुन्छ, जुन कलेजोको ठिक मुन्तिर दायाँ साइडमा हुन्छ ।
पित्ताशयले पित्त (बाइल)लाई एक ठाउँमा जम्मा गरेर त्यसलाई कन्सन्ट्रेट गर्न थाल्छ । जब शरीरमा फ्याट पच्न थाल्छ, तब पित्ताशयले यसलाई सावित गर्दछ ।
यहाँ के जान्न आवश्यक छ भने खाना पचाउन कलेजो नै जिम्मेवार छ भने बाइलको उत्पादन पनि कलेजोले नै गर्छ । उक्त बाइललाई जम्मा गर्ने काम भने पित्ताशयले मात्र गर्छ ।
जब पित्ताशयमा बाइल जम्मा हुन्छ, त्यसक्रममा पित्तको रसायनिक असन्तुलन भएमा पित्ताशयको थैलीमा पत्थरीको विकास हुने गर्दछ । यस्ता पथ्थरी कोलेस्ट्रोलद्वारा निर्मित हुन्छ । बोलीचालीको भाषामा गल स्टोन भन्ने चिनिने यस्ता पत्थरी बालुवाको कणदेखि चनाको दाना वा सोभन्दा ठूलो आकारको समेत हुनसक्छ ।
केही व्यक्तिमा यस्ता पत्थरीको कुनै लक्षण देखिदैन । तर जो व्यक्तिमा लक्षण देखिन्छ, उनीहरुमा उल्टी हुने, पेटको एउटा भागका साथै पछाडी पिठ्यूमा पनि बेस्सरी दुख्ने गर्छ ।
यस प्रकारको दुखाई लामो अन्तरालमा हुन्छ, र एकपटक दुखेपछि असहय पिडा हुन्छ, विशेषगरी खाना खाएपछि । जतिजति समस्या बढ्दै जान्छ, तब तब यो दुखाई झन् झन् बढ्न थाल्छ ।
यस्ता समस्या देखिएमा पित्ताशयको पत्थरीलाई तुरुन्तै हटाउनु पर्छ । अन्यथा, पित्ताशयबाट पित्त बग्दा पत्थरी पनि बगेर कतै अड्किन सक्छ र पहेलोपना, जण्डिसलगायतका स्वास्थ्य सम्बन्धि जटिल समस्या निम्त्याउन सक्छ ।
तर, जब पत्थरीको कारण पित्ताशय हटाइन्छ, तब खानपानलाई लिएर मानिसहरु चिन्तित हुने गर्छन् । उनीहरुलाई लाग्छ, पित्ताशयको थैली हटाएपछि खानपानमा विशेष सजगता अपनाउनु पर्छ ।
जबकी गल व्लाडर हटाएपछि पनि मानिसहरु सामान्य जीवन जिउन सक्छन् । किनकी पित्ताशय नभएपनि खाना पचाउन कलेजोले पित्तको उत्पादन गर्छ, तर शल्यक्रिया पश्चात्त उक्त पित्त पित्ताशयमा नगएर सिधै सानो आन्द्रामा जान्छ ।
परिणामस्वरु, पित्ताशय हटाएको व्यक्तिलाई केही दिन पखाला लाग्न सक्छ । तर यो परिवर्तन अस्थायी भएको खासै चिन्ता गर्नु पर्दैन ।
पित्ताशयको थैली हटाउनका लागि गरिने शल्यक्रियाको दुष्प्रभाव केही हप्तासम्म मात्र देखिन्छ । शल्यचिकित्सा पूर्व केही हप्ता कम वोसोयुक्त पदार्थको सेवन गर्न तथा तारेको, भुटेको खानेकुरा नखान सल्लाह दिइने गरिन्छ, जुन शल्यक्रिया पश्चात्त पनि जारी राख्न जरुरी छैन ।
किनकी पित्ताशय जरुरी अंग नभएको र यसको अभावमा पनि मान्छेले सामान्य जीवन बाँच्न सक्ने हुँदा शल्यक्रिया पश्चात्त सन्तुलित आहारको साथमा कम वोसोयुक्त पदार्थको सेवन गरेर पनि स्वस्थ जीवन बाँच्न सकिन्छ ।
तर पित्ताशयको शल्यक्रियापश्चात्त धेरैजसो व्यक्तिलाई अपच हुने, पेट फुल्ने तथा पखाला लाग्न सक्ने हुँदा खानाको मात्रा घटाउन भने जरुरी छ ।
बस् यति कुरा पालन गरेर पनि सन्तुलित तथा स्वथ्य जीवन जिउन सकिन्छ ।
उच्च वोसोयुक्त पदार्थ, तारेको, भुटेको तथा चिल्लो खानेकुरा कम खाने ।
वोसोरहित कम वोसोयुक्त पदार्थ खाने ।
आहारमा घुलनशील फाइबरयुक्त खानेकुराको सेवन गर्ने । अत्याधिक फाइबर भएका खानेकुराले पनि पेटमा ग्यास बढाउन सक्छ ।
थोरै थोरै तर धेरै पटक खाने प्रयास गर्ने । खानामा प्रोटिनको सेवन कम गर्ने । वोसोरहित दूग्धजन्य पदार्थका साथमा फलफूल, साजसब्जी तथा अन्नको सेवन गर्ने ।
मसेलार, चिल्लो पदार्थ, क्याफिन, दूग्ध जन्य पदार्थ, फाइबर रहित आहार तथा गुलियोबाट टाढै रहने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->