पोखरा, २ भदौ– गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ६ वर्षका बालकदेखि ८७ वर्षका बृद्धसम्म रहेका प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ । कास्कीका १५ जना, नवलपरासी सुस्ता पूर्व र बाग्लुङका ३/३ जना, तनहुँका २, लमजुङ र स्याङ्जाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितलाई सम्बन्धित जिल्लाका स्थानीय तहमा निमार्ण गरिएका आइसोलेशनमा लैजाने तयारी भएको छ । आज थपिएकासहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय ६४ पुगेको छ ।




