बागलुङ, ४ भदौ– कास्की, तनहुँ र स्याङ्जामा थप संक्रमित फेला परेका छन् । बिहीबार बिहान तीन जिल्लाका थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा सङ्क्रमितहरुको सङ्ख्या १ हजार ८१८ जना पुगेको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कास्की, तनहुँ र स्याङ्जाका गरेर ६ जना संक्रमित थपिएका हुन् । उनीहरू कास्कीको पोखरा महानगरपालिका ५ का १४ वर्षीय पुरुष र १६ वर्षीय महिला, वडा नं. ८ की ४२ वर्षीय महिला, तनहुँको भानु नगरपालिका ६ का ३७ वर्षीय पुरुष र वडा नं.नखुलेका २८ वर्षीय पुरुष तथा स्याङ्जाको गल्याङ् नगरपालिकाकी ४० वर्षीया महिला रहेकी छिन् । उनीहरू सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसनहरूमा लैजाने तयारी भइरहेको छ ।




